पार्टी विधानविपरीत बाँडिएका सदस्यता खारेज हुनुपर्छः शेखर कोइराला

काठमाडौँ,क्रियाशील सदस्यता धाँधलीविरुद्ध कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आमरण अनशनमा बसेका धनुषाका नेता तथा कार्यकर्ताको मागमा केन्द्रीय सदस्य डा शेखर कोइरालाले ऐक्यबद्धता जनाएका छन् ।

नेता तथा कार्यकर्ताको गुनासो सुन्दै कोइरालाले पार्टी विधानभन्दा बाहिर गएर पार्टी कब्जा गर्ने मनसायबाट बाँडिएको सदस्यता कुनै पनि हालतमा स्वीकार्य नहुने बताए ।उनले विधानविपरीत वितरण गरिएका क्रियाशील सदस्यता खारेज गर्नुपर्ने बताए ।

क्रियाशील सदस्यतामा भएको धाँधलीविरुद्धको लडाइँमा आफू सधैँ साथमा रहेको भन्दै कोइरालाले अन्तिम समयसम्म साथ दिने प्रतिबद्धता जनाए । कोइरालाले पार्टीको कुनै पनि तहमा बसेर काम गर्ने नेता तथा कार्यकर्तामाथि हुने अन्याय सहेर नबस्ने बताए ।