पचालझरना गाउँपालिकामा २ सय ५० घर खरको छानामुक्त

कालिकोट,पचालझरना गाउँपालिकामा २ सय ५० घर खरको छानामुक्त बनेका छन।गाउँपालिकाले आफ्नो कार्य संचालनको दोस्रो वर्षबाटै गाउँपालिकामा खरले छाएका घरहरुको विवरण संकलन गरेर खरको छानामुक्त गाउँपालिका बनाउने घोषणा गरेको थियो । सोही कार्यलाई निरन्तरता दिदै गाउँपालिकामा २ सय घरमा खरको छाना मुक्त बनेका हुन् ।

आगलागीको जोखिमलाई न्युनिकरण र नमुना वस्ती बनाउने उदेश्यले खरमुक्क्त गाउँपालिका बनाउने घोषणा गरेको थियो । घोषणा संगै कार्यान्वयनलाई तिव्रता दिएपछी अहिले पचालझरनामा जम्मा २ सय ५० घर खरको छानो हटाएर जस्तापाताले घर छाएको गाउँपालिका अध्यक्ष खड्कराज सेजुवालले बताएका छन् ।अध्यक्ष सेजुवालका अनुसार, गाउँपालिकाको लाफा गाउमा ५२ वटा घर खरमुक्क्त बनेको छन ।’

गाउँपालिका स्थित वडा नम्बर १ को सिकु,खरकोट लगायतका केही वस्तीहरु खरमुक्क्त बनिसकेका छन । यस्तै अन्य वडाहरुमा पनी क्रममा खरमुक्क्त बन्ने तयारी रहेको अध्यक्ष सेजुवालले बताए । उनले भने, ‘आफुले गरेका प्रतिवद्धता र गरेका निर्णयहरु कार्यान्वयनको अन्तिम चरणमा रहेको समेत बताए ।’