पलाँता गाउँपालिका अध्यक्ष बमद्धारा निर्माणधिण नहरको अनुगमन

कालिकोट,कालिकोट जिल्लाको पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बमले निर्माणधिण नहरको अनुगमण गरेका छन् । गाउँपालिकाको दुर्शिमा रहेको दुर्शी खोला लघु जलविद्युत आयोजनाको नयाँ निर्माणाधीन नहरको स्तर उन्नति कार्य तथा नहर ढलानको अध्यक्ष बमले अनुगमन गरेका हुन् ।

मुख्यमन्त्री उज्यालो कार्यक्रमको ६० लाखको उक्त बत्तिको नहरमा ढुङ्गा माटो जाने पहिरो जाने भएको हुदा नहर स्तर उन्नति गरेको अध्यक्ष बमको भनाइ रहेको थियो । पलाँता उज्यालो कार्यक्रमबाट बिनियोजित रकम युवा नेता खेम बहादुर शिंह (भिजन)को पहलमा रहेको निर्माणाधीन नहर टंकी पानी निस्काषनका लागि कुलो लगाएतका काम सम्पन्न गरेको छ ।

उक्त अनुगमनमा अध्यक्ष बम,उधम बिकास अधिकृत अर्जुन प्रसाद भट्टराई,बिद्यार्थी नेता खगेन्द्र मल्ल,बिकास निर्माण दल संयोजक कल बहादुर बम (उमेश), अखिल क्रान्तिकारी बिद्यार्थी संगठन कालिकोट जिल्ला सदस्य पटक बिश्वकर्मा (आशिष), पत्रकार लगाएतको उपस्थिति रहेको थियो ।