नेपालमा थप २६३४ जनामा कोरोना पुष्टि

१५ जना संक्रमितको मृत्यु

काठमाडौं,नेपालमा थप २६३४ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आरटीपीसीआर विधिबाट ७ हजार ५०३ जना र ५ हजार ८२ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २ हजार ६३४ जनामा कोरोना देखिएको हो । योसँगै हालसम्म नेपालमा कुल कोरोना संक्रमितको संख्या आरटीपीसीआर विधिबाट ६ लाख ४८ हजार ८५ जना र एन्टिजेन विधिबाट ३९ हजार ९१० रहेका छन् ।

आज १ हजार ५६५ संक्रमित कोरोनामुक्त भएका छन्। हालसम्म ६ लाख १२ हजार ९९४ जना संक्रमित निको भइसकेका छन्।पछिल्लो २४ घण्टामा १५ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म ९ हजार २६३ जना संक्रमितको मृत्यु भइसकेको छ।

नेपालमा कोरोना संक्रमितको निको हुने दर ९४.६ प्रतिशत रहेको छ ।