मनकामना स्मार्ट लघुवित्तको आईपीओ भोलिदेखि खुल्ने

काठमाडौँ, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले भोलि असार १७ गतेदेखि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ।कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले तीन लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो। लगानीकर्ताले आईपीओमा १० देखि एक हजार कित्तासम्म आवदेन दिन पाउनेछन्।

सर्वसाधारणले कम्पनीको ३ लाख ६३ हजार ४९२ कित्तामा आवेदन दिन पाउनेछन्। लघुवित्तको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ।

सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सि आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यसका साथै मेरो शेयर एपमार्फत पनि आवेदन दिन सकिनेछ।