राउटे युवतीमाथि दुर्व्यवहार गर्ने तीजना कारागार चलान

सुर्खेत,राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने तीजना कारागार चलान भएका छन् । जिल्ला अदालत सुर्खेतले उनीहरुलाई पुर्पक्षका लागि कारागार चलान गरेको हो ।

सुर्खेतको गुर्भाकोट नगरपालिका स्थायी घर भएका दोमनबहादुर घर्ती,भूपेन्द्र बुढा र होटल संचालक विनोद पुनलाई पुर्पक्षका लागि कारागार चलान गरिएको जिलला अदालत सुर्खेतले बताएको छ ।न्यायाधीश डिलप्रकाश सापकोटाको एकल इजलासले यौन दुव्र्यवहार गर्ने तीन जनालाई कारागार चलान गरेको हो ।

उनीहरुले राउटे समुदायका १९ र २३ वर्षकी युवतीलाई गएको जेठ २१ गते होटलमा लगेर मदिरा सेवन गराइ यौन दुर्व्यवहार गरेको भिडियो जेठ २३ गतेदेखि सामाजिक सञ्जालमा भाइरल बनेपछि प्रहरीले तत्काल पक्राउ गरेको थियो । उनीहरु विरूद्ध मानव ओसारपसार, यौन दुर्व्यवहार र जबर्जस्ती करणीको मुद्दा दर्ता भएको थियो ।