दिनेश रोकायद्धारा भरत शाहीको कलेजो प्रत्यारोपणमा १० हजार सहयोग

सुर्खेत,जाजरकोट कुशे गाउँपालिका-९ का दिनेश रोकायलले भरत शाहीको कलेजो प्रत्यारोपणका लागि १० हजार आर्थिक सहयोग गरेका छन् । असार १४ कुशे न्युज डटकममा कुशेका भरत शाहीको कलेजो प्रत्यारोपण गर्न आर्थिक अभाव (अस्पतालको वेडबाटै गरे सहयोगको अपिल)नामक समाचार सम्प्रेषण भएको थियो ।

सो समाचार हेरिसकेपछी कुशे न्युज डटकम मार्फत रोकायले आर्थिक सहयोग गरेका हुन् । कुशे गाउँपालिका-९ का शिक्षक भरत शाही लामो समयदेखि चितवन मेडिकल कलेजमा उपचार गराईराखेका छन् । साधारण उपचारले निको नहुने त्यसको लागि कलेजो प्रत्यारोपणनै गर्नुपर्ने अस्पताल स्रोतले जानकारी दिएपछी आर्थिक अभाव सिर्जना भएको पसुपती सिंहले बताइन् ।

 

आफुसंग भएभरको रकम उपचार खर्चमा सकिएकोले सम्पुर्ण नेपाली दाजु,भाई,दिदी,वहिनीहरुमा सहयोगको अपिल समेत गरिन् । भरत शाहीलाई आर्थिक सहयोग गर्नको लागि एन आइ सी एसिया बैंकको गणेश बिक्रम शाहीको नाममा रहेको खाता नं ११८५७५१२६४०४२००१ तथा कुशे न्यज डटकममा सम्पर्क गर्न समेत अपिल गरिएको छ ।