एमालेकै बैठकमा मन्त्री कृष्णगोपाल श्रेष्ठको राजीनामा मागियो

काठमाडौं,नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा मन्त्री कृष्णगोपाल श्रेष्ठबारे प्रश्न उठेको छ ।

केन्द्रीय सदस्य जगत विश्वकर्माले मन्त्री श्रेष्ठबारे प्रश्न उठाएका हुन् । जातीय विभेदलाई प्रश्रय दिने काम गरेकाले मन्त्री श्रेष्ठले राजीनामा दिनुपर्ने माग नेता विश्वकर्माले गरेका थिए ।

मन्त्री श्रेष्ठको कदमबारे अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत गम्भीर हुन आग्रह गरिएको छ । नेपाल उत्पीडित जातीय मुक्ति समाजको तर्फबाट प्रधानमन्त्रीलाई गम्भीर ध्यानाकर्षण गराइएको हो ।