संसद् विघटनविरुद्ध पाँच विद्यार्थी संगठनको देशैभर प्रदर्शन हुँदै

काठमाडौँ,संसद् विघटनविरुद्ध पाँच विद्यार्थी संगठनले देशैभर प्रदर्शन गर्ने भएका छन् । उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरसहित देशभरका ७७ वटै जिल्लाका पाँच विद्यार्थी संगठनका जिल्ला नेतृत्वको सहभागिता र अगुवाइमा विरोध कार्यक्रम गरिने अखिल क्रान्तिकारीका प्रवक्ता जिपी मैनालीले बताए ।

मौसमको अनुकूलतालाई मध्यनजर गर्दै बिहान ११ बजेपछिको जुनसुकै समयमा स्थानीय मौसमको अनुकूलताअनुसार कार्यक्रम सम्पन्न हुने र कार्यक्रममा प्लेकार्ड प्रदर्शनदेखि प्रधानमन्त्रीको पुत्ला जलाउनेसम्मका विभिन्न कार्यक्रम रहेको मैनालीले जानकारी दिए ।

प्रदर्शनमा नेपाल विद्यार्थी संघ, अखिल ९क्रान्तिकारी०, सुदेश पराजुली नेतृत्वको अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल ९छैटौँ० सहभागी रहनेछन्।