प्रतिनिधिसभाको अधिकार राष्ट्रपति कार्यालयबाट अपहरण भयोः सभामुख सापकोटा

काठमाडौं,सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको अधिकार राष्ट्रपति कार्यालयबाट अपहरण भएको जनाएका छन् ।

मंगलबार संघीय संसद भवनमा आयोजित अन्र्तक्रियामा उनले संविधानको आत्मामाथि प्रहार भएको बेला आफू चुप बस्न नसक्ने बताएका छन् ।

अध्यादेशबाट शासन गर्ने र अदालतको आदेश पालना नगर्ने कामले दुर्घटना निम्ताउने खतरा बढेको उनको भनाइ छ ।