अब रेम्डेसिभिर नेपालमै उत्पादन हुने

प्रति भायलको ३५ सय मूल्य

काठमाडौँ,कोरोना संक्रमितका लागि उपयोगी हुने रेम्डेसिभिरको उत्पादन नेपालमै हुने भएको छ । औषधि व्यवस्था विभागले नेपाली औषधि उद्योग ‘नेसनल हेल्थकेयर’लाई उत्पादन अनुमति समेत दिएको छ ।

कम्पनीद्वारा जारी विज्ञप्तिअनुसार गत वैशाख ३१ गते उत्पादन र गत आइतबार बजार इजाजत समेत पाएको जनाएको छ । ‘नेसनल हेल्थकेयरद्वारा उत्पादित रेम्डेसिभिरको ब्रान्ड नेम रेम्सिभि। रहेको र प्रति भायल को अधिकतम खुद्रा मूल्य एमआरपी ३५ सय रहेको छ ।,’

कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ । रेम्सिभिर नेपालभरिका आफ्ना वितरकहरूमार्फत उपलब्ध हुने कम्पनीले जनाएको छ । रेम्डेसिभिरलाई अमेरिकाको खाद्य तथा औषधि नियामक निकाय ९एफडीए० ले कोराना संक्रमितको उपचारमा आपत्कालीन प्रयोग अनुमति दिइसकेको छ ।