ओलीले प्रधानमन्त्रीको अफर गरे तर गठबन्धनलाई धोका दिन्नः माधव नेपाल

काठमाडौं,विपक्षी गठबन्धनमा सामेल भएका नेकपा एमालेबाट निष्काशित नेता माधवकुमार नेपालले केपी ओलीको तानाशाहीविरुद्ध लड्न आफूहरु विद्रोही बनेको बताएका छन् । शनिवार संसद भवनमा राजनीतिक मामिला सम्बन्धी संवाददाताहरुसँगको अन्तरक्रियामा नेता नेपालले आफूहरु एमालेकै विद्रोहीका रुपमा विपक्षी गठबन्धनमा सहभागी भएको बताए ।

नेपालले भने स् संधिवानको धारा ७६ ९५० मा पुगेर केपी ओलीको तानाशाही परास्त गर्न हामी विद्रोही एमाले बनेका हौं । यो एमालेभित्रको विद्रोही आवाज हो, क्रान्तिकारी आवाज हो । लोकतान्त्रिक प्रक्रियाबाट पनि तानाशाही जन्मिने रहेछ, केपी ओली त्यस्तै तानाशाह हो ।

नेपालले अब आफूलाई प्रधानमन्त्री बनाउने अफर गरे पनि ओलीसँग नमिल्ने प्रष्ट पारे । आफूलाई प्रधानमन्त्री बन्ने अफर ओली पक्षबाट आइसकेको र शेरवहादुर देउवालाई हेरेको हेर्यै बनाइदिउँ भन्ने कुरा समेत आएको नेपालले खुलासा गरे । उनले भने स् मलाई प्रधानमन्त्री अफर गरेर अब केही हुदैन । केपी ओलीले राइटिस्ट कोलिसन बनाउनु भएको छ । सुध्रेर बुद्ध वा वाल्मीकि भएर फर्किए भने माफी दिउला । ओलीको धोकाले हामी होइन देशै हैरान भैसक्यो ।