सुदूरपश्चिम सरकारले मनमुटाउकै बीच बजेट पास गर्ने तयारी

धनगढी,विवाद र मनमुटाउका बीच सुदूरपश्चिम प्रदेश सकारले बजेट पास गर्ने तयारी गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाहले असार १ गते प्रदेश सभामा पेश गरेको बजेट आइतबार पास गर्ने तयारी थालिएको हो ।

प्रदेश सरकारले गैरकानूनी रुपमा अध्यादेश मार्फत बजेट ल्याएको, वार्षिक विकास कार्यक्रममा त्रुटि भएको, अछाम र बाजुरामा पूर्वाधारका अधिकांश योजना राखिएको, व्यक्ति तथा र्फमहरुलाई गैरकानूनी रुपमा बजेट वितरण गरिएको भन्दै विरोध हुँदै आएको छ । अर्थमन्त्री शाहको गृह जिल्ला बाजुरा र नेकपा एमालेका नेता भीम रावलको जिल्ला अछाममा पूर्वाधारका अधिकांश योजनाको बजेट विनियोजन गरिएको भन्दै मन्त्रीहरुका बिच नै मनमुटाव छ ।

तर आइतबार दिउँसो २ बजेको प्रदेश सभाबाट आगामी आर्थिक वर्ष २०७८/८९ को बजेट पास गर्ने तयारीमा रहेको सुदूरपश्चिमका अर्थ मन्त्री शाहले बताए ।