महोत्तरीमा शौचालय निस्किएका मुखिया मृत फेला

महोत्तरी,महोत्तरीको रामगोपालपुर नगरपालिका ५ स्थित एक जनाको शव फेला परेको छ । रामगोपालपुर नगरपालिका ५ स्थित ट्राफिक बिटदेखि पुर्व घर भएका ४० वर्षीय रामकिशुन मुखिया मृत फेला परेका हुन् ।

घरभन्दा केहि अगाडि पोखरीको छेउमा मुखियाको शव फेला परेको हो । शव पोष्टमार्टमको लागि जलेश्वर पठाइएको छ । शुक्रबार राती खाना खाएर शौचालय जान्छु भनेर निस्केका मुखियाको शव शनिबार बिहान फेला परेको हो । रुखमा गम्छाले झुण्डिएको अवस्थामा उनको शव भेटिएपछि प्रहरीले आत्महत्याको आशंका गरेको छ ।

मजदुरी गरेर घर परिवार चलाइरहेका मृतक मुखिया दुई दिनपछि भारतको पंजाव जाने तयारीमा थिए । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी प्रकाश विष्टले पोष्टमार्टम रिपोर्टपछि सत्यतथ्य थाहा हुने जानकारी दिए ।