सुर्खेतमानै अब क्यान्सरको अप्रेशन गरिदै

सुर्खेत,कर्णाली प्रदेश अस्पतालमा अव क्यान्सरको अप्रेसन सुरु गर्न लागिएको छ । प्रदेश अस्पतालमा क्यान्सरबारेमा उपचार नहुने भएपछि यसअघि यहाँका विरामीहरु नेपालगन्ज देखि अन्यत्र जाने गरेका थिए । ‘यसअघि हामीसँग क्यान्सर रोग पत्ता लगाउने जनशक्ति पनि थिएन । अहिले प्याथोलोजिक्ष्ट यहाँ आइसकेका छन ।’

अस्पतालका निर्देशक डम्बर खड्काले भने, ‘उनि आएसँगै अस्पतालले क्यान्सर भए नभएको पत्ता लगाउने, यहाँ अप्रेसन गर्न सकिने भए गर्ने र नगर्न सकिने भएको खण्डमा अन्यत्र रेफर गर्ने भएका छौं ।’ उनले नेपाल सरकारले क्यान्सर लागेका विरामीहरुका लागि सरकारले व्यहोर्ने एक लाख सम्मको उपचार खर्चका बारेमा सरकारसँग लविङ गर्न सुरु गरिएको बताए ।

‘क्यान्सरको उपचार गर्न यसअघि बाहिर जानुपर्ने अवस्था थियो । खर्चिलो पनि हुन्थ्यो । अब यहाँबाटै नागरिकले सेवा लिन पाउनेछन भने क्यान्सरको उपचारकालागि आवश्यक पर्ने उपकरणको पनि व्यवस्था गरिसकेका छौं ।’ उनले भने, ‘अस्पतालको संरचना निर्माण गर्ने, अस्पताललाई पाँच सय शैयााको बनाउने लगायतका कामका लागि प्रदेश सरकारले पर्याप्त बजेट दिइरहेको छ। अस्पताललाई अब्बल बनाउँछौं ।’