पलाँताका अध्यक्ष बमद्धारा स्वास्थकर्मिलाई सम्मान

कालिकोट,कालिकोट जिल्लाको पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बमले स्वास्थ्यकर्मीलाई सम्मान गरेका छन् ।

अध्यक्ष बमले स्वास्थ्यकर्मी धन प्रसाद न्यौपाने, किस्मता बम र हिमाल संज्याललाई जनस्वास्थ निरीक्षक पाँचौँबाट छैटौं श्रेणीमा प्रवेश गरेकोमा बधाई दिदै सम्मान गरेका हुन् । कार्यक्रमको अध्यक्षता स्वास्थ शाखा पलाँताका अध्यक्ष रघुजन बमले गरेका थिए । स्वास्थ्य शाखा पलाताको आयोजनामा पद उन्नति भएका स्वास्थकर्मिहरुलाइ शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न समेत भएको थियो ।

उक्त कार्यक्रममा नौ ओटै वडाका अध्यक्ष तथा जिल्ला कमिटी सदस्य दन्त बहादुर बम,शिक्षा शाखा प्रमुख रण प्रसाद भट्ट,अपाङ्ग महासंघ संयोजक कुश राज प्याकुरेल,बिद्यार्थी नेता द्वए खगेन्द्र मल्ल,सुरेश प्याँकुरेल,पत्रकार लगाएत स्वास्थकर्मिहरुको बाक्लो उपस्थित रहेको थियो ।