महाधिवेशनका लागि पौडेल पक्षको बैठक बस्दै

काठमाडौं,नेपाली कांग्रेसमा महाधिवेशनको माहोल बढ्दै जाँदा शीर्ष नेताहरु आन्तरिक छलफलमा केन्द्रीत भएका छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले आज आफूपक्षीय केन्द्रीय सदस्यहरुको बैठक बोलाएका छन् । दिउँसो २ बजेपछि बसुन्धारास्थित दियालो फुडल्याण्डमा बस्ने पौडेल पक्षको बैठकमा महाधिवेशनको तयारी, नीति र नेतृत्वबारे छलफल हुने बताइएको छ ।

वरिष्ठ नेता पौडेलसहित सो समूहमा महामन्त्री डा।शशांक कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह र नेता डा।शेखर कोइराला सभापति पदका आकांक्षी रहेका छन् ।