पुननिर्माणका प्राविधिकले सामूहिक राजीनामा दिएर आन्दोलनमा उत्रिए

काठमाडौं,राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा कार्यरत प्राविधिकहरू राजीनामा दिएर आन्दोलनमा उत्रिएका छन् ।

भूकम्पपश्चात् विभिन्न जिल्लामा पुनर्निर्माणमा खटिएका उनीहरूले राष्ट्रिय पुनर्निर्माण प्रधिकरण प्राविधिक राष्ट्रिय हकहित संरक्षण समितिको आव्हानमा सामूहिक राजीनामा दिएर आज माइतीघरमा प्रदर्शन गरेका छन् । केही प्रदर्शनकारीलाई प्रहरीले पक्राउ समेत गरेको छ । इञ्जिनियर,ओभरसियर र सबओभरसियरलगायतका ३२ जिल्लाका प्राविधिकले सामूहिक राजीनामा दिएका हुन् ।

असार मसान्तदेखि करार अवधि सकिने ती प्राविधिकहरूले आगामी आर्थिक वर्षदेखि करार नवीकरण नगर्ने सरकारको तयारी रहेको र आफूहरूले विगतदेखि राखेका माग पूरा नगरिएको भन्दै आन्दोलनमा उत्रिएका हुन् । दुर्गम भत्ता, सञ्चार, यातायातलगायतको भत्ता कटौती भएको उनीहरूको गुनासो छ ।