पचालझरनाद्धारा ३९ करोड ६४ लाख ७० हजारको वजेट सार्वजनिक

कालिकोट,पचालझरना गाउँपालिकाले आर्थिक बर्ष २०७८/७९ को लागि रु ३९ करोड ६४ लाख ७० हजारको बजेट सार्वजनिक गरेको छ ।  सातौँ गाउँ सभामा आगामी बर्षको वजेट प्रस्तुत गर्दै उपाध्यक्ष तारा न्योपानेले उक्त वजेट सार्वजनिक गरेकी हुन् ।

नौँ ओटा वडालाई अनुदान १ करोड ८ लाख तथा प्रशासनिक खर्च ५० लाखका दरले छुट्याइएको छ । स्वास्थ्य शाखालाई १ करोड,शिक्षा तथा युवा खेलकुदलाई १ करोड १ लाख,पशु शाखालाई २५ लाख,कृषि शाखालाई ३० लाख,सबैभन्दा वढि सडक तथा मर्मतमा १ करोड २५ लाख गरि विभिन्न शिर्षकमा वजेट विनियोजित गरिएको जानकारी दिए ।

गाउँ सभामा बोल्दै अध्यक्ष खड्गराज सेजुवालले ५० बर्ष पुगेका एक पुरुषलाई वृद्ध भत्ता दिने निति लिएको समेत बताए । सातौँ गाउँ सभामा शिक्षक,कर्मचारीहरुबाट पाँच विधामा १० जना कर्मचारी उत्कृष्ट भइ सम्मानित भएका थिए ।