यस्ता छन् जानकी गाउँपालिकाले सार्वजनिक गरेका निति तथा कार्यक्रम

नेपालगञ्ज, बाँकेको जानकी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ को लागी नीति तथा कार्यक्रम सार्बजनिक गरेको छ । बिहिवार गाउँपालिकाको दशौ गाउँ सभाबाट आर्थिक बर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम सार्वजनिक गरिएको हो ।

गाउँपालिकाका अध्यक्ष राम निवाश यादवले स्वास्थ्य, शिक्षा, कृषि र पूर्वाधार, जानकीको बिकासको मूल आधार भन्ने मुल नारा सहित आर्थिक वर्ष २०७८/०७९ नीति तथा कार्यक्रमहरू सार्बजनिक गरेका हुन ।

आगामी आर्थिक बर्षको लागि सार्बजनिक गरिएको नीति तथा कार्यक्रममा द- स्मार्ट किशोरी कार्यक्रम, विद्यालयलाई प्राविधिकधार विद्यालय स्थापना गर्न जोड दिने, गाउँपालिका भित्रका सबै सडकहरूको स्तरउन्नती गरिने, घरेलु उधमशिलताका माध्यमबाट रोजगारी शिर्जना गरिने, स्वच्छ खानेपानी र ग्रामिण बिधुतिकरण गरिने, १५ शैयाको अस्पताल निर्माणको थालनी गरिने अध्यक्ष यादवले जानकारी दिए ।

साथै गाउँपालिकाले जेष्ठ नागरिकलाई उपचारमा सहयोग, सबै वडाहरूमा एउटा अनिवार्या बालविकास केन्द्र, स्थानिय कला संस्कृतिको संरक्षण र प्रवधन गरिने, सहुलियत ऋणको व्यवस्था, कृर्षिमा आधुनिकीकरण तथा कृषको विकासमा केन्द्रीत रही काम गरिने उनले जानकारी दिए ।

त्यस्तै गत बर्षको सुत्केरी आमासंग उपाध्यक्ष कार्यक्रम यो आर्थिक यो आर्थिक बर्षमा पनि निरन्तर जारी रहने उनले बताए ।

गाउँपालिकाको बिहिवार भएको दशौँ गाउँसभाको प्रमुख अथिती गाउँपालिका अध्यक्ष राम निवास यादव, विशेष अतिथी गाउँपालिका उपाध्यक्ष भुमिसरा धिताल रहनु भएको थियो । त्यस्तै अथितीहरूमा गाउँपालिका सल्लाहकार किशोर थापा, न्याय बिभाग सल्लाहकार पदम धिताल, बुद्धिजिबी सल्लाहकार डिल्ली बिसी र १ देखी ६ का वडाका अध्यक्ष लगायत अन्य जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको सन्चालन गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बस बहादर रानाले गर्नुभएको थियो ।