कोठा नदिएको आरोपमा पक्राउ परेकी प्रधान थुनामुक्त

काठमाडौं,एक दलित युवतीलाई कोठा नदिएको आरोपमा पक्राउ परेकी काठमाडौं बबरमहल निवासी सरस्वती प्रधान रिहा भएकी छिन् ।

उनलाई काठमाडौं जिल्ला अदालतले साधारण तारेखमा छाड्न आदेश   दिएको थियो ।

उनीविरुद्ध २४ वर्षीया पत्रकार रुपमा सुनारले प्रहरीमा उजुरी दिएकी थिइन्। उनको उजुरीका आधारमा महानगरीय प्रहरी वृत्त सिंहदरबारबाट गएको प्रहरीले उनलाई असार ६ गते पक्राउ गरेको थियो।