प्रचण्डको विद्यार्थी सङ्गगठनका दुई समुहबीच जुहारी

एक अर्काप्रति आरोप प्रत्यारोप

नेपालगञ्ज, प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र निकटको भातृ सङ्गगठन अखिल (क्रान्तिकारी)मा विवाद देखिएको छ । पछिल्लो समय नेपालगञ्जको महेन्द्र बहुमुखी क्याम्पसको इकाई समितीमा देखिएको आन्तरिक विवाद छताछुल्ल रूपमा बाहिर आएको हो ।

धुर्व जोशी र महेश सिंह ऐरी

पश्चिम नेपालकै पुरानो र स्थापित क्याम्पसको रूपमा रहेको नेपालगञ्जको महेन्द्र बहुमुखी क्याम्पसमा माओवादी केन्द्र निकटको विद्यार्थी सङ्गगठनमा दुईवटा फरक-फरक पक्षका आ-आफ्नै दुई संयोजक छन् । दुबैपक्षले सङ्गगठनको आधिकारीक जिम्मेवारीमा आफू भएको दाबी आ-आफ्नै तरिकाले गर्दै आएका छन् । उनिहरूले एक अर्कालाई सङ्गगठनको निती, विधि र पद्धति मिचेको आरोप लगाउँदै आएका छन् ।

एउटै विद्यार्थी सङ्गगठनका दुईपक्षका बिचमा आन्तरिक विवाद देखिदा पछिल्ला दिनमा एक अर्काबीचमा आरोप प्रत्यारोप सहित आ-आफ्नै पक्षको आधिकारिकता दावी सहित विज्ञप्ति निकाला निकालको अवस्थामा पुगेका छन् । सङ्गगठनको धुर्व जोशी पक्षलाई सङ्गगठनका केन्द्रीय सदस्य तथा बाँके जिल्ला इन्चार्ज भिमराज खरेल लगायतको साथ छ, भने सङ्गठनकै अर्को महेश सिंह ऐरी पक्षलाई संगठनका केन्द्रीय सदस्य तथा सह-इन्चार्ज मोहमद फारूक गुजर लगायतको सहयोग रहेको बुझिएको छ ।एमाले र माओवादी केन्द्रको एकतापछी बनेको नेकपा(नेकपा) निकटको भातृ संगठन अनेरास्ववियुमा साविकका दुई सङ्गगठनलाई भागबन्डा साविकको आधारमा महेन्द्र बहुमुखी क्याम्पसमा साबिकको अखिल (क्रान्तिकारीका) जोशीलाई क्याम्पसको संयोजकको जिम्मेवारी तोकिएको थियो । केही महिना पहिले मात्रै सर्वोच्च अदालतले दुबै पार्टीलाई पुरानो आ-आफ्नै अस्तित्वमा फर्काइदिए पछी भातृ सङ्गठन पनि स्वत: पुर्व अस्तित्वमा फर्किएका हुन् । त्यसयता सङ्गठनको संयोजकको कार्यभार विद्यार्थी नेता जोशीले नै निर्वाह गर्दै आएका थिए ।

केही दिन पहिले मात्र सङ्गठनका केन्द्रीय सदस्य तथा बाँके जिल्ला सह-इन्चार्ज मोहमद फारूक गुजरले जोशीलाई कारबाही गरिएको विज्ञप्ती निकालेका थिए । उनलाई सङ्गगठनको अनुशासन, निधि, विधि र पद्धती नाघेको आरोप लगाउँदै जिम्मेवारीबाट हटाइएको थियो । साथै सङ्गगठनको कार्य सञ्चालनको लागी संयोजकको जिम्मेवारी महेश सिंह ऐरीलाई तोकिएको थियो । त्यसयताका दिनहरूमा दिनहुँ विद्यार्थी नेताहरूका दुबै पक्षबीच जुहारी नै चलेको देखिन्छ ।

केही दिन पहिले सह-इन्चार्ज मोहमद फारूक गुजरले सङ्गठनको तर्फबाट जारी गरिएको विज्ञप्तिको खण्डन गर्दै जिल्ला इन्चार्ज भिम खरेल र संयोजक शुरेन्द्रजंग शाहले भ्रामक र अनावस्यक कुरा भएको बताउँदै सङ्गठनको आधिकारीक संयोजक धुर्व जोशी नै भएको दाबी सहित आइतबार विज्ञप्ति नै जारी गरेका छन् । त्यसपछी सामाजिक सञ्जालमा दुबै समुहमा समर्थकहरूको बिचमा झनै माहोल तातिएको छ ।

महेन्द्र बहुमुखी क्याम्पसको सङ्गठनमा देखिएको आन्तरिक विवादकै कारण सिङ्गो जिल्ला समिति नै दुई पक्षमा विभाजित भएको छ । केही नेताहरू आन्तरिक सङ्गठनमा देखिएको आन्तरिक विवादप्रति असन्तुस्ट देखिएका छन् । उनिहरू जतिसक्दो विवादलाई मिलाउनु पर्ने पक्षमा देखिन्छन् ।

सङ्गठनका जिल्ला स्तरिय एक विद्यार्थी नेताले नाम नबताउने सर्तमा सङ्गठनको माथिल्लो तहबाटै अनावस्यक हस्तक्षेप भएको बताए । उनले सिङ्गो विद्यार्थी आन्दोलन र सङ्गठनको भन्दा पनी आफ्नो व्यक्तिगत स्वार्थ पुर्तिको लागि विद्यार्थी नेताहरू आफ्नो अनुकुलको गुटबन्दी गराई आन्तरिक संगठनमा विवाद सृजना गराईदिने गरेको आरोप लगाएका छन् । साथै उनले सङ्गठनको लागी योग्य र इमानदार व्यक्तिभन्दा पनि आफ्नो अनुकुलका मान्छेलाई छानिछानी जिम्मेवारी दिने होडबाजीकै कारण समस्या निम्तिएको बताएका छन् ।

पछिल्लो समय सङ्गठन हिजोको आदर्श र मुल्य मान्यताबाट विचलित भएको प्रति चिन्ता व्यक्त गरेका छन् । “महेन्द्र क्याम्पसको इकाईमा मात्र नभएर सिङ्गो सङ्गठनमा समस्या छ”, उनले भने । सङ्गठनमा देखिएका सम्पूर्ण समस्याको विषयमा गम्भीर बन्दै छलफलद्धारा समस्या समाधान गरेर सिङ्गो विधार्थी संगठनलाई एकताबद्ध बनाउनु पर्नेमा कुरामा जोड दिएका छन् । यसका लागी केन्द्रदेखी जिल्ला स्तरका सम्पूर्ण नेता तथा कार्यकर्तामा एकताको भाव पैदा गराउनु पर्ने कुरामा जोड दिएका छन् ।