विप्लव नेकपाका तीन नेता ३७ महिना पछी रिहा

नेपालगञ्ज, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी बाँकेका तीन जना नेता रिहा भएका छन् । मङ्गलबार उक्त पार्टीका तीनजना जिल्ला स्तरिय नेता ३७ महिनापछी रिहा भएका हुन् ।रिहा हुनेमा अखिल नेपाल भुमिहिन सुकुम्बासी सङ्गठनका केन्द्रीय सदस्य तथा पार्टीका बाँके जिल्ला समिति सदस्य प्रकाश आचार्य, जिल्ला सदस्य तिलक गिरी र कालिबहादुर परियार रिहा भएका छन् ।

उनिहरू तिनै जनालाई करीब ३ वर्ष पहिले प्रहरीले गिरफ्तार गरेर सङ्गठित अपराधको मुद्दा चलाएको थियो । उनिहरूलाई बाँके जिल्ला अदालतबाट सुनाइएको ३ वर्ष १ महिनाको सजाए पूरा गरी आज रिहा भएका छन् ।

सरकार र नेकपाबीचमा भएको तीन बुँदे बार्ता सहमति अनुसार गिरफ्तार नेता तथा कार्यकर्ता छोड्ने भनिए पनि सरकारले उक्त सहमति कार्यान्वयनमा उदासीनता देखाएको नेकपाले बताउँदै आएको छ ।

अझै पनि विप्लव नेकपाका केन्द्रीय सचिवालय सदस्य हेमन्त प्रकाश वलि ‘शुदर्शन’, पोलिटब्युरो सदस्य भरत बम ‘रणवीर’, केन्द्रीय सदस्य चुडामणी वलि ‘आदर्श’ लगायतका एक सय बढी नेता तथा कार्यकर्ता विभिन्न मुद्धामा जेलमै रहेका छन् ।