नेपालमा थप ४५२२ जनामा कोरोना पुष्टि

थप ४१ जनाको मृत्यु

काठमाडौं,नेपालमा थप ४ हजार ५२२ जनामा कोरोना पुष्टि भएको छ ।

१२ हजार २०४ जनामा गरिएको पीसीआर परीक्षणमा ३ हजार ७०३ र ४ हजार ७०९ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८१९ जना गरी ४ हजार ५२२ जनामा संक्रमण पुष्टि भएको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने बाग्लुङको धौलागिरी अस्पतालमा पुरानो मितिमा भएको परीक्षणको एकमुष्ट नतिजा प्राप्त भएकाले संक्रमितको संख्या बढी देखिएको बताएको छ ।

आज संक्रमणबाट थप ४१ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ८ हजार ८१३ पुगेको छ ।