बाग्मती प्रदेशमा सवारी लाइसेन्स बिहीबारबाट खुल्ने

काठमाडौं,यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र बागमती प्रदेशले १० गते (बिहीबार) बाट सवारी लाइसेन्स सुचारु गर्ने भएको छ।

कार्यालयले मंगलबार सूचना जारी गरी पुनस् सेवा सुचारु गर्ने जनाएको छ । सेवाका लागि कोटा संख्या पनि तोकिएको छ। सवारी चालक अनुमति पत्र नवीकरणमा दैनिक एक सयले गर्न पाउनेछन्। ट्रायल पास राजश्व संकलनमा एक सय कोटा संख्या तोकिएको छ।

त्यस्तै सवारी चालक अनुमतिपत्र वितरणमा दुई सय जनाको क‍ोटा तोकिएको छ।