मन्त्रिपरिषद् विस्तारविरुद्धको रिटमा सुनुवाइ हुँदै

काठमाडौं,मन्त्रिपरिषद् विस्तारविरुद्ध परेको रिटमा आज सुनुवाइ हुँदैछ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलगायतलाई विपक्षी बनाइएको मुद्दा प्रधान्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासमा तोकिएको छ ।

प्रतिनिधिसभा विघटन गरेर निर्वाचनको घोषणा गरिसकेपछि पनि बारम्बार मन्त्रिपरिषद् विस्तार गर्नु असंवैधानिक रहेको भन्दै रिट परेको थियो । सर्वोच्चले आज दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो ।