ओझेलमा परेका जाजरकोट ढिमेका ऐतिहासिक सम्पदा

र्णाली प्रदेशको एक भौगोलिक दृष्टिकोणले बिकट जिल्ला जाजरकोट,जहाँ ४ वटा गाउँपालिका तथा ३ वटा नगरपालिका गरि ७ वटा स्थानिय तह रहेका छन।

संन्चार र यातायातको बर्षभरी सुबिधा नभएको कुशे गाउँपालिका पनि एक स्थानिय तह हो । सोही कुशे गाउँपालिका वडा न ५ ढिमेमा ऐतिहासिक झादेब मन्दिर,जाजरकोटकै ठूलो छहरा,सल्लाघारी,जुम्ली सल्लाको नर्सरी तथा जाजरकोटकै सबै भन्दा ठूलो र प्रकृतिले दिएको उपहार खेल मैदान जस्ता ऐतिहासिक सम्पदा रहेका छन्,भने सरुगाढका माछा यहाँको अर्को बिशेषता हो।

अबसर बाट बन्चित खेलमैदान

कुशे गाउँपालिकाको आर्थिक सहयोगमा २ वटा कपहरु अध्यक्ष कप(२पटक०र कुशे कप ९१ पटक० भएतापनि अन्य कुनै पनि खेलहरु हुन सकेका छैनन। स्थानिय तह मात्र नभएर प्रदेश,संघ,लगाएतका कुनै पनि तहले चासो र चिन्ता नराखेको अबस्था रहेको छ। प्रकृतिले दिएको बरदान जस्तो देखिने मैदान जाजरकोट जिल्लाकै सबै भन्दा ठूलो र रमणीय छ । वरिपरि जङ्गल बिचमा आफै निर्मित मैदान जस्ले आफ्नो शोभा झनै बढाएको छ। संम्बन्धित निकायले ध्यान दिएको खन्डमा उक्त खेलमैदानलाई जाजरकोट जिल्लाकै ठूलो र सुन्दर खेल मैदान बनाउन सकिने संभावना रहेको छ।

ओझेलमा रहेको ठूलो छहरा

ढिमेको पुर्ब गाउँ देखि करिब ५०० मिटर टाढा रहेको करिब ३०० मिटर अग्लो छहरा जाजरकोट जिल्लाकै सबैभन्दा अग्लो छहरा रहेको छ । तर त्यसको प्रचार प्रसार नभएर ओझेलमा छ। उक्त स्थानलाई समृद्ध बनाउन सके आन्तरिक पर्यटक भित्र्याउन सकिने संभावना छ। अहिले प्रचार प्रसारको कमिले ओझेलमा परेको हो । यो छहराको ब्यबस्थापनको लागि कुनै पनि पहल कदमहरु चालिएको छैन । जस्लाई ब्यबस्थापन गर्न सकियो भने सिङ्गो गाउँलाईनै फाईदा पुग्ने आशा र संभावना रहेको छ। जसको ब्यबस्थापनलाई जोड दिन र प्रचार प्रसार गर्नसके आन्तरिक तथा बाह्य पर्यटक भित्राउन सकिने संभावना बोकेको छ।

सरुगारका माछा

सिजन अनुसार कुशेको सादिबिशाउन,ढिमे,बाटुले लगायतका क्षेत्रमा सरुगाडका लोकल माछा पाईन्छन। जसको सम्बर्द्धन,ब्यबस्थापन र व्यवसायिकरण गर्न सकियो भने धेरै जनाको ब्यवसाय हुने र आन्तरिक तथा बाह्य पर्यटक भित्राउन सकिने संभावना यसले पनि बोकेको छ। जहाँका माछा जिल्लाकै स्वादिष्ट माछाको रुपमा परिचित छन् ।यसलाई व्यवसायिकरण गर्न सकियो भने धेरै जनालाई रोजगारी दिन सकिने संभावना रहेको छ।

५ बर्षमा मनाईने झादेब

ढाल तरवार हातमा लिएर नाचिने खाडो नाच जाजरकोट नभएर नेपालका विभिन्न जिल्लामा प्रचलित रहेको छ । ऐतिहासिक रुपमा ५ बर्षमा एकपटक मनाईने झादेब एक देवता हुन। परापुर्ब कालदेखी मनाउन थालिएको झादेब अहिले पनि मनाउदै आईरहेको छ। भेडाको साढेको मुटु,जाँड,चढाएर पुजा आजा गरिन्छ । भने उक्त देवताको सम्मान स्वरुप ढाल तरबार हातमा लिएर बाजागाजा बजाई खाडो नाचिने प्रचलन समेत रहेको छ।

ढिमे,दम्दाला र खुर्पाका समुदायले मिलेर मान्ने देवता हाल खुर्पाले छुट्टै मान्ने तर ढिमे र दम्दालाले सङ्गै मिलेर मान्दै आईरहेका छन् । पाँच बर्षमा मनाउदा सन्तान नहुनेले सन्तान माग्ने,सोचेको पुर्याई दिने,रोग व्याधीबाट टाढा गराउने,उक्त देवता मान्ने ठाउँमा कुनै पनि ठुला प्रकोपहरु नआउने परापुर्व कालदेखिको विश्वास रहेको छ ।