जानकी गाउँपालिकाद्धारा ५० प्रतिशत अनुदानमा कृर्षकहरूलाई ट्याक्टर हस्तान्तरण

नेपालगन्ज, बाँकेको जानकारी गाउँपालिकाले कृर्षकहरूलाई अनुदानमा ट्याक्टर हस्तान्तरण गरेको छ । गाउँपालिकाद्धारा सन्चालित अभियानमुखी ताजा तरकारी उत्पादन कार्यक्रम अन्तर्गत वडा नं.३ भैयापुरमा रहेको बागवान तरकारी बाली पकेट बिकास समितिलाई ५०% अनुदानमा ट्याक्टर हस्तान्तरण गरिएको हो ।सोमबार गाउँपालिकाका अध्यक्ष राम निवास यादव र प्रमुख प्रशासकीय अधिकृत बस बहादुर रानाले समितीका संयोजक अब्दुल रफिख बागवानलाई ट्याक्टर हस्तान्तरण गरेका हुन ।

ताजा तरकारी उत्पादन कार्यक्रम अन्तर्गत २० लाख ३३ हजार ५ सय २७ सम्झौता गरिएको कुल रकम मध्य पालिकाबाट अनुदान १० लाख र उपभोक्ताको योगदान १० लाख ३३ हजार ५ सय २७ रहेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाको वडा नं. ३ भैयापुरमा रहेको बागवान तरकारी बाली पकेट बिकास समितीद्धारा करिब १० हेक्टर क्षेत्रफलमा सन्चालन गरिएको कृषी फमबाट करिब १५ कृषक परिवार लाभान्वित भएको गाउँपालिकाले जनाएको छ ।