दलितलाई कोठा नदिएको आरोपमा घरबेटी पक्राउ

काठमाडौं,दलित भएकै कारण बस्नको लागि कोठा दिन नमानेको आभियोगमा घरबेटीलाई प्रहरीले पक्राउ गरेको छ ।

सञ्चारकर्मीसमेत रहेकी रुपा सुनारलाई कोठा नदिएको आरोपमा प्रहरीले बबरमहलकी सरस्वती प्रधानलाई पक्राउ गरेको हो । दलित भएकै कारण कोठा नदिएको भनी जाहेरी परेपछि अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको काठमाडौंका प्रहरी प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए ।

जातीय विभेद गरी कोठा नदिएको भन्दै रुपाले घरबेटीविरुद्ध महानगरीय प्रहरी वृत्त सिंहदरबारमा जाहेरी दिएकी थिइन् ।