सेलाएको छैन सुर्खेतका बाढिपिडितको पिडा

पाल च्यातिएर ओछ्यानमा पानिको तलाउ बन्छ

सुर्खेत,बर्षायाम लागेसंगै देशभर बाढि पहिरोका दुःखत समाचार आइरहेका छन् । सयौँ घर बिस्तापित र दर्जनौँ मानिसको ज्यान गईसकेको छ । बर्षे झरी लागेपछी सुर्खेतका बाढि पिडितको मन झसङ्ग हुन्छ । २०७१ साल साउन २९ गते उनिहरुको दिमागमा आइरहन्छ । जुन दिन उनिहरुको लागि कालो दिन सावित भएको थियो ।

उनिहरु घरवास विहिन भएका थिए । उक्त बाढिबाट प्रभावित पिडितहरु हालसम्म पनि पलाष्टिकको त्रीपालमुनिको जिवन गुजारीरहेका छन् । उनिहरुसंग न खानाको लागि खाद्यान्न न लगाउनको लागि एकसरो लुगानै छ ।  राहत स्वरुप दिइएको पालमा बसेका उनिहरुको आँखामा आँसुवाहेक केहि छैन । त्रीपालपनि पुरानो भएर भ्वाङ्ग परिसकेका छन । जहाँ छोयो त्यतै च्यातिन्छ । राति सुतिरहेको बेला ओछ्यान माथीनै पानि आउने गरेको उनिहरुले बताए ।

२१ बर्ष पहिला श्रीमानले अर्को श्रीमती लिएर एक्लो बनेको पिडा कम नहुदै पुनः बाढिको चपेटामा परेकी मैसरा गुरुङ्ग आफ्नो पिडा यसरी पोख्छिन् । “सरकारले पुर्नस्थापनाका लागि दिने भनेको ३ लाख रुपैँया लिएर हामी कहाँ जाने ? आफ्नो कुनैपनि पुस्ताको नाममा जमिन छैन । कतै गएर जग्गा किनौँ भन्दा यो ३ लाखले एकबित्ता जमिन पनि आउदैन । घर बनाउने कुरात परको छ । आठ/आठजना परिवारलाई पाल्नुपर्छ । पहिला-पहिला सरकारी तथा गैरसरकारी तवरबाट राहत स्वरुप सहयोग भएपनि अहिले भुल्दै गएको बताइन् । लकडाउनले झन पिडादायी जिवन बनाएको भन्दै गहभरी आँसु पारिन् । परिवारमा दैनिक एकछाक मात्र खाना खाने गरेको गुनासो पोखिन ।”

 आमाको कुरा सुनेर छोरी कुस्मा गुरुङ्ग पनि धर्धरी रुदै यसो भन्छिन् । “बाढिले आफ्नो घर बगाउदा आफु १५/१६ बर्षको थिए । पढ्ने लेख्ने उमेर थियो । स्कुलपनि गइरहेको थिए । खुसिसंग बसेको परिवारमाथी बज्रपात पर्यो । परिवारको अवस्था कमजोर र घरवास विहिन भएको कारण स्कुल छोड्नुपरेको भन्दै आँसु भारीन् । स्कुलमा पनि गिट्ठी कुट्ने श्रम गरेर खानेका छोराछोरीमाथी बिभेद हुनेगरेको बताइन् । पढेको भए सहजै परिवार पाल्न सकिन्थ्योकी मनमा खद रहिरह्यो । अहिलेसम्म आफुले दुईपटक मतदान गरेको बताउदै कुस्माले भनिन् जिताएका नेता अहिलेसम्म आफुहरुको अवस्था बुझ्न नआएको बताइन् । श्रम गरेर परिवार पाल्थे तर सरकारले लकडाउन लगाइदियो । कहिले काहीँ त मरौँजस्तो हुन्छ । परिवारको मुख हेरेर अलिअलि भएनी दुःख बिर्सन्छु ।”

यस्तै पिडामा छन् अर्का पिडित हरी सिंह ठकुरी उनले पहिलापनि एैलानी जग्गामै घर वनाएर बस्दै आएका थिए । त्यै घरपनि बाढिले बगाएर लगिदियो । अनि भए घरन घाटको । पेशाले उनि गाडि चलाउछन् । तर कोरोना महामारीका कारण उनको पेशापनि धरापमा पर्यो । आम्दानीको अन्य स्रोत केहिपनि छैन । उनले आतिदै भने “हामी नेपालको नागरिक नभएको जस्तो महसुस हुन्छ । सरकार मौन बसिदियो । ३ लाख दिएर आश्रय लिएको ठाउँबाट लखेट्न खोज्दैछ । हामी कहाँ जाने ? के खाने ? पालमा बस्दा बस्दा बिरामी परियो । त्यै पालपनि कुहिएर सकिन लाग्यो,पानि आए रातिभरी सुत्दैनौ । यस्तै पिडा पिडित सिंहले दर्साए । 

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आश्रय लिएर बसेका उनिहरुले बिजुली प्रयोग गर्न पाएका छैनन् । खानेपानिको समस्या पनि उस्तै छ । बाढि गएको ७ बर्ष पार गरिसक्दापनि उनिहरुको व्यवस्थापन हुन सकेको छैन् । सरोकारवाला निकायको ध्यान जान जरुरी देखिन्छ ।