नेपालमा थप २७६८ जनामा कोरोना पुष्टि

थप ४४ जनाको मृत्यु

काठमाडौं,नेपालमा थप २७६८ जनामा कोरोना पुष्टि भएको छ ।

शुक्रबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो ।

यस्तै, आज थप ४०२० कोरोना संक्रमण मुक्त भएका छन् । संक्रमणबाट आज थप ४४ जनाको मृत्यु भएको छ ।