एमालेद्धारा कर्णालीका तीन मन्त्रीको राजिनामा माग

सुर्खेत,नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलको बैठकले तत्काल तीन मन्त्रीहरुलाई पदबाट राजीनामा दिनुपर्ने निर्देशन दिएको छ।

आज शुक्रबार बसेको संसदीय दलको बैठकले मन्त्रीहरु अम्मरबहादुर थापा,कुर्मराज शाही र नन्दसिंह बुढालाई पदबाट राजीनामा दिने निर्णय गरेको संसदीय दलका नेता यामलाल कँडेलले जानकारी दिएका छन् ।

तीन जना वैशाख ३ गते फ्लोरक्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएर मन्त्री बनेका हुन्।