मेलम्चीमा डुबेको घरबाट सामान झिक्दै बाढी प्रभावित

काठमाडौं,नदीको सतह घटेपछि सिन्धुपाल्चोकको मेलम्ची बजारका बासिन्दा डुवेका घरबाट सामान झिक्न थालेका छन् ।

मेलम्ची नदीमा आएको बाढीले घर र संरचना डुवाएपछि तीन दिनदेखि स्थानीय विद्यालयमा आश्रित स्थानीय वासिन्दा नदीको सतह घटेपछि सामान झिक्न घरमा जान थालेका हुन् ।बाढीले मेलम्ची र इन्द्रवतीको तटीय क्षेत्रका ४० भन्दा बढी घर डुवानमा परेको र १०० भन्दा बढी परिवार प्रभावित भएका छन् ।

बाढीले ल्याएको बालुवा र लेदो माटोले कतिपय घरको तीन तलासम्मै पुरिएको छ । त्यसैले अब तत्कालै ती घरमा बस्न सम्भव नहुने भएकाले काम लाग्ने सामान झिक्न थालेका हुन् ।कतिपयले कोदालोले खनेर पनि सामान निकालेका छन् ।