गण्डकीका मुख्यमन्त्रीले मागे विश्वासको मत

काठमाडौं,गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आफ्नो नेतृत्वको सरकारलाई विश्वासको मत दिन प्रदेशसभा सदस्यहरुसँग अनुरोध गरेका छन् ।

शुक्रबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री पोखरेलले विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गरेपछि आफ्नो नेतृत्वको सरकारलाई मत दिन आग्रह गरेका हुन् ।उनले प्रदेशसभालाई जोगाउन विश्वासको मत दिनुको विकल्प नभएको बताए ।

संविधानको धारा १६८ ९५०अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका उनले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । तर, उनले एक साताभित्रै विश्वासको मत लिन लागेका हुन् ।उनले आफ्नो नेतृत्वको सरकारलाई विश्वासको मत दिएर स्थायित्वमा जाने एकमात्र विकल्प रहेको भन्दै उनले बीचमा सदनलाई विघटनतिर नलैजानका लागि यो सरकारलाई समर्थन गर्नुको विकल्प संवैधानिक रुपमा पनि नरहेको प्रस्ट पारे ।