कांग्रेस महाधिवेशन कार्यतालिका संशोधनसहित पारित
प्रकासित मिति : २०७८ असार ३, बिहीबार १७:४९
प्रकासित समय : १७:४९
काठमाडौं,नेपाली कांग्रेसले १४ औं महाधिवेशनको संशोधित कार्यतालिका अनुमोदन गरेको छ।
कांग्रेस केन्द्रीय समितिको बैठकले प्रस्तावित नयाँ कार्यतालिका संशोधनसहित पारित गरेको हो । कांग्रेसले भदौ १६ देखि १९ गतेसम्म महाधिवेशनको मिति तोकेको छ ।
नयाँ तालिका अनुसार तल्लो अधिवेशन साउन १२ गतेदेखि हुने भएको छ ।