नेपालमा थप २६०७ जनामा कोरोना पुष्टि

३९ जनाको मृत्यु

काठमाडौं,नेपालमा थप २६०७ जनामा कोरोना पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७७११ जनामा भएको पीसीआर परीक्षणमा १७६८ र ४७७३ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८३९ गरी २६०७ जनामा संक्रमण पुष्टि भएको हो।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ३९ जनाको मृत्यु भएको छ भने २१४१ जना संक्रमणमुक्त भएका छन् ।