बाँकेको खजुराखुर्द नजिकको सडकको अवस्था दर्दनाक

पैदल यात्रीनै हिड्न मुस्किल

नेपालगन्ज, बाँकेको नेपालगन्ज देखी गुलरिया जाने बाटोमा दैनिक रुपमा दुर्घटना भइरहेका छन् ।जानकी गाउँपालिकाको खजुराखुर्द नजिकै नेपालगन्ज सडक डिभिजन कार्यालयले मर्मत गरेको सडकको अवस्थाले गर्दा दैनिक रूपमा दुर्घटना भइरहेको स्थानियले बताए ।जानकी गाउँपालिकाका स्थानियले कुसे न्युजका प्रतिनिधी संग उक्त बाटोले आफुहरूलाई दिनहु सास्ति दिएको बताएका छन । सडकमा पैदल यात्रीलाई हिलडुल गर्न समेत निक्कै समस्या सिर्जना भएको उनले गुनासो गरे । साथै उक्त सडकमा दैनिक रूपमा सडक दुर्घटनाको जोखिम बढिरहेको पनि उनले बताएका छन ।

जानकि गाउँपापालिकाका प्रमुख प्रशासिय अधिकृत बस बहादुर राना संग सडकको बिषयमा सोधपुछ गर्दा उक्त सडक आफुले मर्मत गरेको नभई सडक डिभिजनको मातहतमा रही मर्मत भएको जानकारी दिए ।

जुन प्रकारले मर्मत गर्नुपर्ने हो, त्यो किसिमले मर्मत नभएको र ठेकेदारको लार्पवाहीका कारण यस्तो भएको स्थानिएको गुनासो गरेका छन । उक्त सडकको सम्पुर्ण जिम्मेवारी सडक डिभिजन कार्यालयले लिनुपर्ने स्थानीयहरूको माग रहेको छ ।