विप्लव नेकपाद्धारा बारेकोट गाउँपालिकालाई आठबुँदे ज्ञापन पत्र

जाजरकोट,नेत्र विक्रम चन्द(विप्लव)नेतृत्वको नेकपाले जाजरकोटको बारेकोट गाउँपालिकालाई आठबुँदे ज्ञापन पत्र बुझाएको छ। बारेकोट गाउँपालिका एरिया नं २ का ईन्चार्ज धनजित महरले गाउँपालिकाका अध्यक्ष महेन्द्र वहादुर शाहको कार्यकक्षमै गएर ज्ञापन पत्र बुझाएको हुन्।

स्वास्थ्य,शिक्षा,पर्यटन प्रर्वद्धन,सडक तथा कोरोना रोग नियन्त्रणमा पालिकाले गर्नुपर्ने काम कर्तव्यहरुलाई अझ शसक्तरुपमा तिव्रताका साथ लाग्नुपर्ने सुझावसहित ज्ञापन पत्र हस्तान्तरण गरिएको ईन्चार्ज महरले बताए।गतवर्ष बाढि पहिरोले क्षतिग्रस्त भएका समुदायलाई तत्काल राहत र उचित घरवासको माग समेत ज्ञापन पत्रमा उल्लेख गरिएको छ।

असिना पानिले कृषि पेशा र कृषकलाई पारेको असरलाई लक्षित गरि राहतको प्याकेज ल्याइनुपर्ने र कोरोनाले विश्व आक्रान्त भएको वेला पालिका भित्रका दुर्गम टोलमा परिक्षण गराउने व्यवस्था मिलाउन अनुरोध गरिएको छ। कोरोनाले शिक्षा क्षेत्रमा पारेको असरलाई मध्यनजर गरि वैकल्पिक उपायको खाजी गरिनुपर्ने उल्लेख गरिएको छ। दैनिक उपभोग्य वस्तुको मुल्यले आकास नाघेको कुरा उल्लेख गर्दै न्युनिकरण र अनुगमन गरिनुपर्ने ज्ञापन पत्रमा लेखिएको छ।ज्ञापन पत्रमा उल्लेखित मागहरुको तत्काल सुनुवाई नभएमा कडाभन्दा कडा संर्घषमा उत्रने विप्लव नेतृत्वको नेकपाले चेतावनी समेत दिएको छ।

यस्ताे छ ज्ञापन पत्र