बाढीपहिरो प्रभावित परिवारलाई सरकारको ५० हजार

काठमाडौं,बाढी पहिरो प्रभावित परिवारले अस्थायी आवासका लागि ५० हजार रुपैयाँ राहत पाउने भएका छन।गृहमन्त्रीको नेतृत्वमा भएको विपद व्यवस्थापन समितिको बुधबार बसेको बैठकले बाढी पहिरोबाट प्रभावितलाई तत्काल उद्धार,राहत वितरण र पुनर्स्थापना गर्ने निर्णय गरेको हो।

राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले दुई किस्ता २५र२५ हजार गरी स्थानीय तहमार्फत रकम प्रभावित परिवारलाई उपलब्ध गराउने तयारी गरेको बताए।उनका अनुसार राहत वितरणका लागि विभिन्न मापदण्ड निर्धारण गरिएको छ। सिन्धुपाल्चोक, मनाङलगायत जिल्लाका प्रभावित परिवारले राहत पाउने भएका हुन्।

बेपत्ता भएकालाई खोजी तथा उद्धार कार्यलाई जारी राख्दै स्थानीय सरकारद्धारा राहत उपलब्ध गराउने निर्णय बैठकमा भएको छ। त्यस्तै प्रारम्भिक द्रुत लेखाजोखा कार्यविधि,२०७८, मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना,२०७८, र विपद व्यवस्थापन स्वयंसेवक ब्युरो गठन तथा परिचालन कार्यविधि,२०७८ लाई बैठकले स्वीकृत गरेको छ।