गैरआवासीय नेपाली संघ यूएइका अध्यक्ष तथा उपाध्यक्षको पुनर्बहाली

काठमाडौँ,गैरआवासीय नेपाली संघ(यूएइ)का अध्यक्ष तथा उपाध्यक्षलाई पुनर्बहाली गरिएको छ। संघले एक विज्ञप्ती सार्वजनिक गर्दै अध्यक्ष भिम मल्ल र उपाध्यक्ष निराजन खत्रीलाई साेही पदमा पुनर्बहाली गरेको हो।

संघका अध्यक्ष मल्ल र उपाध्यक्ष खत्रीलाई अनुसन्धानका लागि पदवाट निलम्वन गरिएको थियो। २१ जुन २०२१ मा वसेको संघको कार्यसमिती बैठकले उनिहरुबाट यस संस्थालाई कुनैपनि हानी हुने कार्य नभएको विज्ञप्तीमा उल्लेख गर्दै सो पदमा पुनर्बहाली गराएको जानकारी दिएको हो।

संस्थाप्रती उनिहरुको योगदान सदावहार रहिरहने उल्लेख गर्दै कार्यसमितीले कार्यकालको सुभकामना समेत दिएको छ ।

यस्ताे छ विज्ञप्ती