नेताले जे गरेपनि छुट हुने राजनीतिक परम्परा तोडिनुपर्छ

र्बोच्च फैसलासगै तत्कालिन एमाले र माओवादी केन्द्र व्युँतिएपनि नेकपा भित्र हुदा अनुशासन र नैतिकता बाहिर गएर गरिएको सबै आलोचना र बिवेचनाको बहसलाई शुद्धीकरण गरे मात्र दुबै पार्टीहरु जीवत हुन्छन्।र भोलीको दिनमा एकताको आधार बन्न सक्छन्।सर्बोच्च अदालतको आदेशसंगै नेकपाको आधिकारिकता समाप्त सगै तत्कालिन एमाले र माओवादी केन्द्र व्युँतिएका छन।अहिले केही शिर्षथ नेतादेखि तलको कार्यकर्ता सम्मै मान मर्यादा ईज्जत र प्रतिष्ठाको ख्याल हुनुपर्छ भन्ने कुरा निकै पर पुगेपछि फेरी याद गराईदिएको छ। केहि हप्ता अगाडी मात्र नेताहरुको आरोप प्रतिआरोपको भाषण सुनेर ताली बजाउने सबैले अब भने ख्याल पुर्याउनै पर्छ। पार्टीबाट बिभाजित भएर गएको समुह पार्टीमा फर्कदै गर्दा अनुसासनको पाठ र परीक्षाबाट शुद्धिकरण हुन सकेन भने झन ठूला संकट पनि आउन सक्छ तसर्थ पहिलो कुरा शुद्धिकरण जरुरी छ।

नेतालाई जे जे गरेपनि छुट हुने राजनीतिक परम्परालाई तोडिनुपर्छ नेताले गाउँ घर सडकमा अपमानित हुनु पर्दैन।हिजोको नेताको बोलीले तल भूईँका कार्यकर्तालाई त्यसको असर कस्तो परेको छ।भन्ने कुराको पीडा,आपत र आक्रोशलाई नबुझ्ने कुनै नेताको काम छैन।अब पनि अवसरवादीहरु संगको सम्झौता भित्र अनुशासन र नैतिकताको समुचित फैसला गरिनुपर्छ।

अब तलका कार्यकर्ता पंक्तिबाट बिचार नीति सिद्धान्त अनुशासनको बहस अन्तरक्रिया बिना माथिल्लो दर्जाका नेताहरुको मनलागि गरिने एकताको परिणाम हो।अहिलेको अवस्था तसर्थ संगठानिक एकताका लागि पहिला प्रशिक्षित हुनुपर्छ। साथै पार्टीमा योग्य र सक्षमता र उसको मेहनत मध्यनजर गरेर जिम्मेवार दिने र नेतृत्वको बिकास गरिनुपर्छ यसरी नेताको मनलाग्दिले गरिने समुहगत तथा पार्टीगत एकताले प्रतिकुलतामा ठुलो झमेला उत्पन्न गरेका धेरै दृषटान्तलाई हरेर त्यस बाट पाठ सिक्न सक्नुपर्छ।

नेता,नेतृत्व भित्र विचार नीति भन्दा पर गएर गरिने नेतृत्वलाई खुइल्याउने कामको अन्त्य हुनुपर्छ अनुशासन नहुदा अराजक जन्मन्छ। अराजाकताले नैतिकता गुमाउन पुग्छ तसर्थ हामी बीचमा रहेका समूहगत तथा गुटगत राजनीति भित्रका नेता कार्यकर्ता फरक समुहका नेतालाई खुईलाउने र चर्चामा आउने नराम्रो नजीर सधैका लागि बन्द गरिनुपर्छ र आलोचना बहसलाई पार्टिले अनुशासनमा रहेर हल गरिनुपर्छ तसर्थ नेता कार्यकर्ता भित्र अनुशासनको पारस्पारिक सम्बन्धले मात्र पार्टि जिवन्त नैतिकवान राख्न सकिन्छ तसर्थ नेतृत्वले बुझ्न सक्नुपर्छ।