एक नेपाली आरोप प्रमाणित नभई नै ४० वर्षदेखि भारतीय जेलमा

काठमाण्डौ,व्यक्ति हत्याको आरोपमा एक जना नेपाली ४० वर्षदेखि भारतीय जेलमा रहेको तथ्य वाहिर आएको छ । ‘हत्याको आरोप’ लागेपनि अदालतले फैसला नगरि त्यत्तिकै थुनामा राख्दै आएको कुरा सार्वजनिक भएपछि अहिले भारतका मानवअधिकारवादी र कानुनी क्षेत्रका ज्ञाताहरुले नै उनको रिहाईको लागि आवाज उठाइरहेका छन्।

सन् १९७९ को फेब्रुअरीमा घर छोडेर भारत पसेका इलामको चुलाचुलीका दिपक तिम्सिनालाई सन् १९८१ मा दार्जिलिङमा भएको एउटा हत्याकाण्डको छानबिनको सिलशिलामा गिरफ्तार गरिएको र त्यसयता उनी अहिलेसम्म पनि जेलमै रहेको बेलायती समाचार संस्था विविसीले उल्लेख गरेको छ।हाल कोलकत्ता हाइकोर्टका बेन्चमा रहेको तिम्सिनासंग सम्वन्धित पछिल्लो पेशी आउंदो सोमबार ९१५ मार्च०का दिन तोकिएको छ। तर, त्यो दिन पनि फैसला हुने नहुने टुंगो भने छैन। दिपकका भाई प्रकाश भने दाई जेलबाट छुट्ने विश्वांसमा रहेको बताएका छन्।

‘दाई जेलबाट छुटेर आउने कुराले कति खुसी लागेको छ, त्यो बयान गरेर भन्न सकिने कुरा होइन’ उनको भनाई छ।घरबाट हिडेंर दार्जिलिङको चियाबगानमा भएको एकजना मजदूरको हत्यामा संलग्न भएको आरोपमा दिपक पक्राउ परेका थिए। त्यसयता विभिन्न जेलहरु सरुवा गर्दै केही वर्षदेखि कोलकत्ताको दमदम केन्द्रिय कारागारमा थुनिएको छ। दिपक बेपत्ता भएपछि परिवारका सदस्यहरुले नेपाल र भारतका विभिन्न ठाउंमा खोजी गरेपनि नभेटाएपछि मृत्यु भएको ठानेका थिए ।

केही महिना अघि उक्त कारागारका एक वन्दीले आफूलाई भेट्न आएका परिवारका सदस्य र वकिल मार्फत दिपकको बारेमा नेपालमा रहेका परिवारसमक्ष जानकारी गराएपछि यो घटना सार्वजनिक भएको हो। अहिले दिपककी आमा धनमाया लगायतका परिवारका सदस्यहरु आउंदो सोमबार उनको रिहाई हुने आशमा बसिरहेका छन्। आमा धनमाया लगायतका परिवारका सदस्यसंग दिपकको सम्झना वाहेक कुनै तस्विर समेत छैन।दिपकको घटना सार्वजनिक भए लगत्तै भारतमा कानुनी शासनको विषयलाई लिएर फेरि वहस शुरु भएको छ।

कानुनविद्हरु कुनै आरोपकै भरमा कुनै व्यक्तिलाई ४०–४० वर्षसम्म फैसला नगरि जेलमा थुन्नुले भारतीय लोकतन्त्रको कालो पाटोलाई छर्लंग पारेको बताएका छन्।‘दिपकको घटनाले भारतमा कानुनी शासनको हालत कस्तो छ भन्ने छर्लंग पारेको छ।४० वर्षसम्म कुनै मुद्धा अदालतले फैसला गर्दैन र व्यक्तिलाई जेलमै थुनेर सडाइदिन्छ भने गल्ती कस्को रु अदालतले त्यस्को जिम्मेवारी लिनु पर्छ कि पर्दैन?यदि दीपक निर्दोष सावित भए पनि त्यसको क्षतिपूर्ती कसले कसरी दिन्छ रु’ वरिष्ठ अधिवक्ता जयन्तनारायण चटर्जी भन्छन्।

शोषित पीडितको पक्षमा कानुनी लडाई लड्दै आइरहेका चटर्जीले नै पछिल्लो समय दिपकको तर्फबाट मुद्धा लडिरहेका छन्। उनका अनुसार भारतमा दीपक जस्ता धेरै मानिसहरु विना कसुर थुनिन्छन्, मुद्धा फैसला नै नभई जेलमै जीवन विताउन वाध्य हुन्छन्।