नागरिक्ता नबन्नुको पीडा, सरकार ! कसरी पढने उच्च शिक्षा

गंगेश्वरीको ब्यथा अरूलाई के थाह !

बाँके, नेपालगन्ज उपमहानगरपालिका का २२ वर्षीया गंगेश्वरी नाग नागरिकता नबन्दा अहिले समस्यामा परेकी छिन् ।गंगेश्वरीले नागरिकताका लागि कोसिस त गरिन, तर अहिलेसम्म नागरिकता बन्न सकेको छैन् । नागरिकता नहुँदा सरकारी सेवामा समेत निवेदन दिन नपाएको उनले गुनासो गरिन् । उनी संग न जन्मदर्ता न नागरिकता छ ।

‘बाबा दिलिप नाग र उनको परिवारका कारण भाईले र मैले नागरिकता बनाउन सकेको छैन ।’– उनले भनिन् ।

‘आमा संग पनि माईतबाट बनेको नागरिकता छ । म र भाई संग त न जन्मदर्ता छ न नागरिकता नै छ । हामी दुवै भाई वैनिले माध्यामिक तहको अध्ययन पुरा गरिसक्यौ । अब हामिलाई उच्च शिक्षा अध्ययनका लागि र आफ्नो भविष्यका लागि पनि हामी को हौ भन्ने कुराको प्रमाण चाहिन्छ तर, बाबा र उनको परिवारले हामीलाई स्विकारेका छैनन् । यस्तो अवस्थामा हामी कहाँजाने ?’– उनले गुनासो पोखिन् ।

नेपालगन्ज उपमहानगरपालिका वडा नं. ३ का राम कैलाश नाग र मिनादेवि नागले हिन्दु धर्म अनुसार धार्मिक विधि पुर्यायर आफ्ना छोरा दिलिप नागको २०५१ सालमा कपिलवस्तुको तौलिहवा बाट अनुसुया कमललाई विवाह गरि ल्यायका थिए । तर, आजसम्म उनको परिवारले न त अनुसुया कमल र दिपक नागको विवाह दर्ता बनाए न त उनका २ सन्तान गंगेश्वरी र पुरुषोत्तमले जन्मदर्ता र नागरिकता बनाईदिए । कारण दाईजो थियो । उनिहरुले मागेजती दाईजो आफ्ना माईतिले नदिएका कारण आज आफ्ना सन्तान र आफ्नो पहिचानका लागि भौंतारिनु परेको अनुसुयाको ठहर छ ।

उनले आफ्नो विवाह दर्ता बनाउनका लागी पहल नगरेकी भने होईनन् । उनले कपिलवस्तुको जिल्ला अदालतमा निबेदन समेत हालिन् तर, कार्यक्षेत्र नपर्ने भन्दै कपिलवस्तुको जिल्ला अदालतले उनको निवेदनलाई बाँकेमा रिफर गर्यो । तर, पनि उनको सुनुवाई भएन ।

‘छोराछोरीको नागरिकता नहुँदा समस्या भएको छ । नागरिकता बिना केही काम बन्दो रहेनछ ।’ अनुसुयाले दुखेसो पोखिन् ।

गंगेश्वरीले बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायलाई भेटेर आफनो पिडा सुनाएकि थिइन् । गंगेश्वरीको पिडा सुनेर सहायक प्रजिअले नागरिकता दिलाउन आफूले भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

माथि उल्लेखित घटना प्रतिनिधिमूलक घटना मात्र हो । आमा सँग बसिरहेका गंगेश्वरी जस्ता धेरैले नागरिकता र जन्म दर्ता नहुँदा सास्ती बेहोरिरहेका छन् । जसका कारण पठनपाठन, रोजगार, पेसा व्यवसाय गर्नसमेत समस्या भएको छ ।

नेपालको संविधानमा आमा तर्फबाट पनि वंशजको नागरिकता पाउने व्यवस्था भए पनि धेरैले आमाको नाममा नागरिकता पाएका छैनन् ।

नेपालको कानुन अनुसार आमाको नामबाट नागरिकता पाउन सकिने अधिकारकर्मी तथा अधिवक्ता बसन्त गाैतम बताउछन् । बाबुले नागरिकता वा जन्मदर्ता नबनाईदिएको खण्डमा अदालती प्रक्रिया बाट कानुन सम्मत ढंगले नागरिकताका प्राप्त गर्न सकिने उनले जानकारी दिए ।