अरूलाई इज्जत गर्नेको हार कहिल्यै हुदैन

यो एक्काइसौँ शताब्दीको सातौं दशक हो । जसमा केही मान्छेले नै भन्ने गर्छन् यहाँ मानवता हराएको कैयौं बर्ष भैसकेको छ । तर मलाई यो कुराले खोकिसँगै काउकुती लगाउँछ र भन्न मन लाग्छ अँह छैन मानवता हराएको यो हराएको हो त कोही कसैको दिमागमा अनि दिलबाट हराएको हो । आफ्नो खुशीको बलि चढाएर करोडौंले लाखौं मठमन्दिर गई भाकल गरेका छन् । आफ्नो आस्था हराएका छैनन् । देश चलाउन एउटी नारी खटिएकी छिन् तर खोई इज्जत उल्टै धजि उडाउदै छन् । समाजमा अशक्तहरूलाई सेवा गरेका छन् । हजारौंले निभेको आगो बालिदिएँ अँह तर गुण पाएनन् । दोषी ठहरिए बिडम्बना हामीमाथि भगवानले पनि कहाँबाट दया राखिदिएका छन् । धन्न हामी अरुको नराम्रो पक्षको पनि चर्चा गर्न सक्ने भएका छौ अरुको खुट्टा तान्न सफल भएका छौँ । यस पक्षमै आधारित रहेर चर्चा गर्ने हो भने सायदै कसैले अपशब्द पनि प्रयोग गर्न सक्नुहुन्छ । आफ्नो खुट्टामा आफै बन्चरो हान्ने मलाई चिन्ने सायदै होलान् जस्तो भान हुन्छ । मलाई बस एक रुपियाँको भन्दा एक मिठो मुस्कान र शब्द को अपेक्षा राख्दै आएको थिएँ । र छु पनि आफ्नो खुशीको बलि चढाई अरूलाई खुशीको माहोल नदिएको होइन त्यो व्यक्तित्वमा भर पर्छ । तर त्यसको बदलामा मैले घरपरिवार, आफन्त , साथिभाई र समाजको अपमानजनक व्यवहार पाएँ । मलाई यो ठूलो लाग्छ कि म नेपालको छोरी हुँ मलाई यो ठूलो लाग्दैन कि म कुनै घरको छोरी हुँ । तर मैले परिवार,आफन्त र साथिको तिखो बचनले कैयौं आफन्त र साथीभाइहरु पनि लात हानेको छु ।

भनिन्छ नि जहाँ कदर हुदैन त्यहाँ रहनु हुँदैन भनेर जस्ले आँशुको मुल्य बुझ्दैन उसको नजिक रहनु हुँदैन । कुनै बचन यस्तो हुन्थ्यो जसले आँखा चिम्म गर्न साह्रै कठिन हुन्थ्यो । यति कुराहरू मनन गर्दै मैले ठूलो सहयोग नगरेपनि सक्ने जति सहयोग नगरेको होइन । बाटो हिड्दै गर्ने बटुवालाई सहायता दिएँ,कुनै आफन्तलाई बचाउनका लागि आफू असक्त हुँदा पनि रगत दान गरेको छु । पढाउँदै गर्दा ४ वर्षभित्रमा विद्यार्थीको हातमा शैक्षिक सामाग्री हुन्थेन हौसला दिँदै सक्ने सहयोग गरे कतिको परिक्षा फिस तिर्देको छु तर त्यो एक सानो पुण्य भयो मेरो लागि । सामाजिक काममा अब्बल हुन चाहेर नहुने रैछ त्यसमा सबैको साथ र हौसला अनि परिबन्द मिल्नु पर्ने हुन्छ । यति कुरा सोध्न मन लाग्छ मैले खेल खेल्दै गर्दा धेरै पटक गोल्ड मेडल जिते तर किन यहाँ केही पाइनँ , पाएँ त केवल अपशब्द किन म गरिब थिएँ या त टुहुरो यति बुझ्नु कोही धनको धनी छ र घमण्ड गर्छ भने म त्यस्लाई मनन गर्न चाहन्छु ।

र भन्छु भाई तेरो धनले तँलाई बोकेर घाट लिने छैन र तँलाई सडकमै कुहिदा गिद्धले लुछ्दै कहने छन् तँ एउटा पाखण्डी होस् जस्ले कुसंस्कार सिकिस् । समाजमा रहेर समाजलाई नै खराब नजरले हेर्नेहरु यहाँका बुद्धि जिवी व्यक्तित्व नै हुनुहुन्छ एक गिलास रक्सी र एक प्लेट माछामासुमा आफ्नो पहिचान बेचेका बुद्धि जिवी व्यक्तित्व मैले यी निर्दोष आँखा र कोमल मनले देखेको छु । जो समाजको एक न्यायधिस अनि प्रखर वक्ता कहलिनु भएको छ । वाह शिक्षा भनुँ या वाह संस्कार धेरै बोल्यो बौलाह र फुर्सदिलो नाम दिन सक्ने समाजले राम्रो कामको तारिफ किन हुँदैन प्रभु कसैको व्यक्तिगत जीवनमा हस्तक्षेप गर्न अधिकार कसैलाई दिएको छैन महासयहरू मान्छे भएर मान्छेकै इज्जत गर्न सकिदैंन रु कसैलाई इज्जत दिए मात्र पाइन्छ भन्ने कुरा याद छ कि छैन महान् ठहरिएका हस्तिहरु। फरक धार मैले धेरैको जीवनमा उज्यालो ल्याउन नसके पनि केहीको उद्दार पक्कै गरेछु र गर्नेछु पनि बाटो देख्नेलाई बाटो देखाउने छु जसरी मैलै मेरा दुस्खले सिकेको छु । कसैका जीवनमा कठिनाईहरू पक्कै हुन्छन् तर ती कठिनाईहरुमा साथ नदिएपनि हौसला सँधै दिनुपर्छ ।

मेरो आफ्नै प्रशंग म १० बर्षको हुँदा मेरो पाप्पा सँधैका लागि छाडेर जानुभएको थियो । मलाई केही याद छैन तरपनि मेरो मम्मीले सम्हाल्न सक्नु भयो । त्यो अवस्थामा हामीलाई भोकै नराखि एक सरो धोतीको भरमा १० रोपनी खेतबारी जोति खनि हामीलाई हुर्काउनु भयो । बर्षामा बर्षा हुँदा छानो चुहिदा मेरी मम्मीको आँखाबाट आँसु चुहिन्थियो । नबुझ्ने भएपनि हामी मम्मीसँगै हुन्थ्यौ र रुन्थ्यौँ । कुनै समयमा शब्दहरुको प्रहार नभएपनि मेरी आमाले लठ्ठी प्रहार गर्दा सबै त्यहीबाट ब्याख्या र बिश्लेषण गरेको थिएँ । त्यही संस्कारमा रहेर मैले गर्नै नहुने गल्ति त गरिन तर समाजमा आरोपित भए । केही गरिन तरपनि तिरस्कृत भए राम्रोलाई राम्रो भन्न नसक्ने समाजका फोहोरी माखाहरू नराम्रो किन भन्न सक्छन् होला । सानो हुँदा आमाको मैलो चोली र धोती लगाउन नजानेर मैले दाईको गन्जी र कट्टु लगाएँ । सानो हुँदा हलो र बल समात्ने मैले कोदालो र हँसिया समात्न भुलेछु त्यसैले म खुल्ला चरी जस्तो देखिएको छु । त्यसैले म स्वतन्त्र छु । हुने खानेले हप्काएको घोकेको प्यारो मान्ने समाजलाई हुँदा खानेको अनुहार किन रुच्दैन कुन्नी ? जिज्ञाशु छु ।

समाजमा अपेक्ष ठहरिने भाषाशैली र मदिरा सेवन गरी स्वास्नि पिट्ने लोग्नेलाई यो समाज कुन स्थानमा छ र म कहाँ कुन धरातलमा उभिएको छु भन्ने हेक्का नहुन सक्छ यस्ता कुपुत्रलाई के थाहा हामीले टेकेको धरातल पनि एक दिन सकिनेछ र खस्किने छ । हामी पनि केही पलको पाहुना हौ भनेर हामी यस धर्तीबाट अस्ताउने छौ भनि केही भाबीपुस्ताको लागि केही सानो नासो छाडौ भनि हेक्का सम्म नराखि बिहानै उठ्यो घरघर घुम्यो जङ्गलमा पस्यो एक सर्को गाँजाको साथ चुरोट तान्यो बेलुका भिजेको बिरालो झै रक्सीले भिजेर होहल्ला गर्दै छोराछोरी, श्रीमती कुट्यो लखट्यो ।

निष्कर्ष

अरूलाई इज्जत गर्नेको हार कहिल्यै हुदैन त्यसैले सबैको इज्जत, कदर र सम्मान गर्न सिक्नु जरुरी छ किनकी यो पृथ्वी घुमीघुमी परिक्रमा गर्छ । हामी एक चेतनशील प्राणी हौँ । सबैको इज्जत गर्नुपर्छ । कोही मान्छे धनले होइन, धुनले धनि हुन्छ कारण धनले मान्छेलाई महान् कहिल्यै बनाउदैन ।

महान हुनलाई सो इच्छा कसैलाई हौसला साथ दिँदै इज्जतका साथ हरेक सम्बन्धमा एकदम निखारता ल्याउनु पर्ने हुन्छ । जीवनका भोगाइप्रतिको दृष्टिकोण सकारात्मक राख्दै अगाडि बढौँ र राम्रो काम गर्नेलाई स्यावास दिऊ नराम्रो कामको भत्सर्ना गरौँ ।