पुर्वीय सामाजिक व्यवस्थामा जातीयताको सत्यता तथा यसको कुप्रभाव

पुर्वीया सामाजिक व्यवस्थामा जातीयताको सत्यता तथा यसको कुप्रभावस् ( हो साच्चिकै, संस्कार निर्माण गरिनुपर्छ । अनि पहिचानको निम्ति सांस्कृतिक मर्यादा कायम गरिनुपर्छ तर मानवता माथी दबिलो प्रहार गर्ने किसिमले निर्माण गरिनुहुन्न। संस्कार र सांस्कृतिक धरोहरले बलियो बनाउन सक्नुपर्छ तर अंशबण्डा बाट टुक्रीएको झिनो टुक्रा जस्तो सभ्यतालाई पातलो बनाउने भने हुनुहुन्न। सांस्कृति र संस्कार नामको धमिराले समाज र सभ्यतालाई जिर्ण बनाईरहेको अनुखो उदाहरण हो हाम्रो वैद्धिक समाज अझ त्यसमा पनि मेरो नेपाली समाज।हुनत कुनैपनी समाज र सभ्यतालाई नियालेर हेर्ने हो भने त्यहाँ सबै सांस्कृतिक मर्यादा मानवताको पक्षमा मात्रै पनि हुदैनन्। उदाहरणकै रुपमा हेर्ने हो भने मुस्लिम समुदायको नारी सांस्कृतिक परिधी तथा कृश्चियन सम्प्रदाय बाट नारी अवमूल्यनलाई पनि लिन सकिन्छ । साथै अरबियन क्षेत्रको नारी संकुचन तथा युरोपियन, अमेरिकी मुलुकको रंग भेदलाई प्रमुख उदाहरण मान्न सकिन्छ। खास गरेर सांस्कृतिक मर्यादाले समाज जिर्ण बनाएकै कुरा गर्न धेरै पर नपुगिकन आफ्नै सभ्यताको खण्डन गरिन्छ। मैले यहाँ हाम्रै पुर्वीया समाजले निर्माण गरेको व्यवहारीक प्रथा तर मानवीय मर्यादालाई संकुचित बनाएर प्रथाको अगाडि कु जोड्न मिल्ने भइसकेको वर्ण व्यवस्था वा जात व्यवस्था भनिने कुरालाई खण्डन गर्न गइरहेको छु आफ्नै बिचारका सिमित तार्किक औजार प्रयोग गरेर।

हुन त मेरा हरेक बिचार सँग समग्र सभ्यता सहमत हुनुपर्छ भन्ने छैन तथापि बिचार अभिव्यक्तिको स्वतन्त्रता पनि त दिएकै छ नेपालको संविधानले। बरु म प्रतिबद्धता यो कुरामा प्रस्तुत गर्दछु । कि सकेसम्म कुनैपनी धर्म, सांस्कृति तथा व्यक्ती वा साम्प्रदायिक छविमा आँच नआउने शैलीमा बिचार प्रस्तुत गर्ने छु र साथै यो कुराको पनि जाहेर गर्दछु । कि यद्यपि नचाहेरै कुनै पनि खण्ड वा बिषय बिबादास्पद हुन गएमा त्यसको जवाफदेही पनि लेखक स्वयं हुनेछु।

जातीयताको शुत्रपात

यथार्थ तथ्य र यथेष्ट प्रमाणको उपलब्धता नभएतापनी जातिवाद पुर्वीया सभ्यताको सनातनी सम्पत्ति बनेको छ। यसको आधारमा आधुनिक काल भन्दा मध्य युगिन कालताकाको सामाजिक प्रणाली बिबादास्पद बन्न पुगेको थियो यद्यपि आधुनिक कालको चरम सिमा सम्म पुगिसकेको यो समय पनि अछुतो भने छैन। यो व्यवस्थाको लिखित कानुन त थियो होला वैद्धिक सभ्यताको तर यो कुप्रथाको रुपमा बिकास भने यसका अनुयायी हरुलेनै गरेका हुन। यो एउटा सामाजिक व्यवस्था कायम गरेर अमुर्त शासन व्यवस्था सञ्चालन गर्ने माध्यम थियो पक्कै तर कुप्रथा त हामिजस्तै समाजका बाठाटाँठा भनिनेहरुले एकतन्त्रीय व्यवस्थाको शुत्रपात गर्न कुबुद्धि घुमाएको कुरामा म संका गर्दिनँ। नत्र भने आज आधार बिहिन कानुन यति बिघ्न रुपले भयंकर स्वरुप धारण गर्ने थिएन होला र समाजमा खिचातानी बढ्ने थिएन न त दाजु भाइ बिच छुत र अछुतको साइनोनै बाँधिने थियो। आज जातीयता सामाजिक व्यवस्था होइन कुव्यवस्थाको रुपमा झाङ्गिएको छ कारण उक्त व्यवस्था होइन बुद्धिको अघिल्तिर कु जोड्न लायक भएका मान्छे हरु हुन।

भनिन्छ उहिलेका सामाजिक अगुवा हरुले व्यवस्था चलाउन सम्प्रदायको बिभाजन गरेका थिए रे। बाहुन शिक्षादिक्षाको क्षेत्रमा काम गर्ने, क्षेत्री राजापाठ चलाउने, वैश्य खेतीकिसानी र व्यापार व्यवसाय गर्ने तथा शुद्र ती तिनै समुदायका मान्छेलाई आवश्यक संसाधनको निर्माण गरेर जिविकोपार्जन गर्ने जहाँबाट सामाज व्यवस्थित बन्न सकोस र समुदायले एउटा मुर्त राज्यसंस्थाको संरचना तयार गर्न सकोस। तथा विभिन्न दर्शनका प्रमाणहरु द्वारा हेर्ने हो भने सत्य पनि यहिनै हो। लिखित कानुन र निर्धारित नितिनियमको अनुपलब्धताको बिचमा व्यवस्थित सभ्यता निर्माण गरि मानवताको यथेष्ट पहिचान निर्माण गर्न तयार गरिएको उक्त संयन्त्रले निकट भविष्यमा बिकृत रुप लिएर मानवताकै खिल्ली उडाउँछ भन्ने थाहा भएको भए सम्भवतस् उक्त व्यवस्थाको शुत्रपात नै गरिने थिएन होला। बिचरा सोझा पुर्खाहरुले बनाएको नितिले त आज एउटा कहिल्यै निको नहुने दिर्घ रोगको स्वरुप पो लियो। तर कमजोरी उनको होइन आफ्नै एकलौटी पृथक पहिचान निर्माण गर्ने र समाजमा एकल अधिपत्य कायम गर्न चाहाने बाठा खोपडीहरुको कुटनैतिक उपज हो आजको जातिवाद।

वर्ण व्यवस्था बिभेदकारी जातिवाद होइनको प्रमाण

आजको समयमा वर्ण व्यवस्था एउटा शक्तिशाली बिषाक्त सदाबहार लहराको रुपमा झाङ्गिएको भएतापनी यसको यथार्थ अर्कै भएको तथ्य पुर्वीया दर्शनहरुले दिन्छन। मैले माथी पनि उल्लेख गरिसकेको छु कि वर्ण व्यवस्था एक कुप्रथाको रुपमा बिस्तार हुनुमा समाजका ठुला र कुटिल व्यक्तिहरूको हात छ भनेर। जसरी एउटा घरको व्यवस्था चलाउन परिवारका सदश्य हरुको कार्य बिभाजन गरिन्छ। आमाले घरको काम गर्नुहुन्छ, बुवाले आर्थिक उपार्जन र व्यवस्थापनको काम गर्नुहुन्छ, काकाले पनि बुवालाई सघाउनुहुन्छ र हामी केटाकेटी दिउँसो विद्यालय गएर बिहान बेलुका घाँस दाउरा गर्छौँ। त्यसरीनै देश को व्यवस्था चलाउन नागरिक र समाजको व्यवस्था चलाउन सरोकारवाला हरुको कार्य बिभाजन गरिन्छ त्यही प्रक्रियाको अभेद परिधी स्वरुपको उपज हो यो जातिवाद।

यसलाई सिद्ध गर्ने प्रमाण खोज्नेनै हो भने हामी आजका परिस्कृत र शिक्षित भनिने मानव हरुले पुर्वीया दर्शनहरु लाईनै पल्टाएर किन नखोज्नेरु जसलाई हामिले सदा सर्वदा दोषारोपण मात्र गरिरहेका छौँ तर के त्यो साच्चिकै दोषको योग्य छ तरु आउनुहोस् एकपटक समिक्षा गरौं।संसारको उत्कृष्ट साहित्यक कृतिमा एक र जीवन दर्शनको क्षेत्रमा पुर्वीय समाजको मस्तिष्कस्वरुप रहेको श्रीमद्भागवत गीता लाई अध्यन गर्ने हो भनेपनी थाहा हुन्छ कि वर्ण व्यवस्था हिन्दु समाज वा पुर्वीया सभ्यताले निर्माण गरेको एक केवल व्यवस्था हो यसमा कोहि विभेद छैन र विभेद सत्य होइन भनेर। उक्त शास्त्रको चौथो अध्यायको तेह्रौँ श्लोकमा व्यक्त गरियो भागवत गीताका नायक श्री कृष्ण द्वारा जसलाई हामी भागवत्वकरण गरेर ईश्वर मान्छौँ। त्यहाँ व्यक्त छ ।

चातुर्वर्ण्यं मया सृष्टं गुणकर्मविभागश्र
तस्य कर्तारमपी मां विदध्यकर्तारमव्ययम्र्र

अर्थात भनियोकि चारै वर्ण चारै जात मत्लब ब्राह्मण, क्षेत्रीय, वैश्य तथा शुद्र सबैको सृष्टि मैलेनै गरेको हुँ र गुण अनुसार कर्मको बिभाजन गरिदिएको हुँ। अर्थात यदि कुनै पिताका चार छोरा मध्य एउटा शिक्षण गर्छ, एउटा सिपाही छ, अर्कोले खेती गर्छ अनि एउटा सबैको सहयोग गर्‍यो भन्दैमा त्यहाँ छुत र अछुतको सम्बन्ध हुन्छरु दाजुभाइ त दाजुभाइ नै हो होइन ररु यसरी सिद्ध हुन्छ श्रीमद्भागवत द्वारा कि वर्ण व्यवस्था केवल एउटा व्यवस्था हो विभेद होइन भनेर। अनि पुर्वीया समाजको मेरुदण्डको रूपमा मानिएको वेद शास्त्रमा पनि उल्लेख गरियो ।

न विशेषोस्ती वर्णास् सर्वं ब्रह्ममिदं जगत्र

अर्थात भनियोकी वर्णमा कुनै भेद छैन जातिमा कुनै भिन्नता छैन सबैलाई ब्रह्मले निर्माण गरेका हुन। अब यदि कुनै एउटा आमाबाबु बाट जन्मेको छोराछोरी बिच पनि विभेद उत्पन्न गरिन्छ भने त्यसको दोष कसलाई दिनेरु त्यसको दोष भनेको आफू उच्च बन्न र हैकम कायम राख्नको लागि यो अवधारणा बनाउने दोषी हो तर समग्र परिवार दोषी बन्न सक्दैन। वर्ण र जातियता भनेको केही पनि होइन भन्ने बिषयमा वेदमै अर्को खण्ड उल्लेख गरियो

न जातिरात्मनोस् जातिर्व्यवहार्यंप्रकल्पिता

अर्थात आत्माको कुनै जाती हुँदैन न त शरीरकोनै जाती हुन्छ। यो केवल व्यवहार चलाउनको लागि कल्पना गरिएको हो। अब भन्नुहोस् कहाँनीर आयो जातीय छुवाछूत हिन्दु दर्शनमारु यो सबै व्यवहार सञ्चालन गर्नहेतु कल्पित तथ्य हो तर त्यसैमा मानिसले आफ्नो अधिनायकवादी व्यवहार स्थापना गर्न यसलाई व्यवहारिक बाट जटिल बनाइदिए। जातिवाद व्यवहारीक रिति थियो तर कुरिती बनाइयो। यसको अर्को छोटो प्रमाण उपनिषद् बाट पनि राख्न चाहेँ जुन वाक्यांश मैले कतै सुनेको सम्म थिएँ।

वशुधैव कुटुम्बकम्

अर्थात प्रकृतिका प्रत्यक जीव आपसमा कुटुम्ब हुन नातेदार हुन। यसरी हामिले केवल दोषारोपण गर्ने गरेका सांस्कृतिक निर्देशक हरुलाई खण्डन गर्ने हो भने त्यहाँ जातियता विषेश र छुवाछूतको आधार भेटिदैन साहेद। यधपी त्यहाँ सम्म मेरो नजर नपुगेको भए वा उपलब्ध तथ्यको सहि व्याख्या गर्न नसकेको भए त्यो मेरै कमजोरी होला। तर जहाँसम्म मैले पढेको र सुनेको कुरा हो त्यहाँसम्म जातिवाद छुवाछूत होइन व्यवहार हो व्यवस्था हो भन्ने कुराको तर्क दिनको निम्ति यतिसम्म पर्याप्त भयो। साहेद अब भने निर्धक्कताको साथ भन्न सक्छु कि साच्चिकै समाजमा विद्यमान जातिवाद र छुवाछूत संस्कृति बाट परिवर्तन भएर बिटुलिएर अगाडि ुकुु जोड्न मिल्ने हैसियतमा पुगेको हो। अझ भनौं भने उक्त हैसियत सम्म पुर्‍याइएको हो। कुरा गर्दै जाँदा बाइबल पनि म यहाँ छुटाउँदिन। त्यहाँ अधिकाधिक ठाउँमा जातीको कुरा उल्लेख त गरिएको छ तर त्यहाँपनि जाती विशेष र भेदभाव को कुरा भने भेटिएन। मानवीय एकता र मानवीय मर्यादाको उल्लंघन जातिवादको हिसाबले बाइबलमा पनि व्यवस्था गरिएको छैन।

सोचले लात हानेको सभ्यता

कुनैपनी संस्कार वा व्यवहार पहिले बैचारिक रुपमा फुल्ने गर्छ। जातियता वा छुवाछूतको भयावह स्थिति सिर्जना हुनुभन्दा पुर्व यसको कालो रुपरेखा कोहि कालै बिचार र कपटी मान्छेहरुको मस्तिष्कमा तयार भएको होला। गोरा सुकिला बिचार भएको मान्छेको मस्तिष्कमा उब्जेको बिचार भएत यो अझै मर्यादित बन्ने थियो तर मानवताको मर्यादा नाघेर आफ्ना जरा फिजाउने थिएन। यसमा हाम्रो पुर्वीया दर्शन वा पुर्वीया सभ्यताको सुरुवात गरेका मान्छे काला थिएनन अर्थात् उनको बिचार कालो थिएन त्यसैले सोझो हिसाबले समाजिक व्यवस्था चलाउन सजिलो होस भनेर वर्ण व्यवस्थाको अवधारणा ल्याए तर काला बिचार हुनेहरूले सिमित टाउका द्वारा असिमित अधिपत्य कायम गर्ने बिचारको झोलले व्यवहारको धारमा पाइन हालेछन। फलस्वरूप आज त्यही काला बिचारले हानेको लातको तोड थेग्न नसकेर समग्र सभ्यता मानवताको डिलमा जसोतसो अडिएको छ।

टाठाबाठालाई जकड्यो शासन र अधिनायकताको पुस्तैनी भुतले अनि सोझासाझा जकडिए टाठाबाठाको भुतले र बने समाजमा उपल्लो र तल्लो जातका छुट्टाछुट्टै स्तम्भहरु। स्तम्भ पनि अडिए स्तम्भ माथी स्तम्भ। शासनसत्ता र राजनीति मात्र होइन सांस्कृति, मुल्यमान्यता तथा आर्थिक सबलता सबै बोके उपल्लो जातका स्तम्भ हरुले अनि उपल्लो जातका कहलिएका हरुलाई बोके तल्लो जातका भनिएका अग्लाका समाजद्वारा होचा र साना बनाइएका तर बलिया खम्बा हरुले। सबै टाउकामाथी बिकास र बिस्तारको सोच तथा सबै काँधमाथी समाज र सभ्यताको बलेसी चढेको भए यसको सन्तुलन कहिल्यै बिग्रीने थिएन साहेद तर यहाँ सभ्यताको बलेसी एकातिर र शासन तथा अधिनायकवादको बलेसी अर्कोतिरको काँधमा बोके टाठाबाठाले र टाठाबाठालाई बोके लाटासोझाले। अनि कसरी बनोस समाज सन्तुलनरु अनि कसरी बनोस मानवता शुद्ध र कसरी बनोस सभ्यता दिगोरु गुल्टिनै लागेको हालतमा पुग्यो पुर्वीया सभ्यता र सांस्कृति। फेदमै धमिरा लागेपछि रुख त जतिबेला पनि सुक्न सक्छ जतिबेला पनि ढल्न सक्छ। ढल्नै आँट्यो पुर्वीया सभ्यता ढाल्नलाई प्रहार गर्‍यो पश्चिमा सभ्यताले। कारण हाम्रो सभ्यताको फेद जातीयता र वर्णभेदको धमिरोले जिर्ण बनाइसकेको छ। लात हानिसकेको छ कुटिल कपटि बिचारहरुले सभ्यताको छातीमा। औंलामा गन्न सकिने ठुलाहरुले घरानियाँपनको लोभमा बेचिदिए मानवीय समानता, एकता र सहिष्णुता लाई पनि।

जातीय बिरोधि भित्रकै जातियता

आज समाजमा प्रत्येक दिन भिन्न र बुलन्द आवाजहरु गुञ्जिन्छन जातीयताको विरुद्धमा र यो शतप्रतिशत जाहेज पनि छ। खोजेर हेरौं सृष्टिका प्रत्येक खण्ड खण्डहरुमा जहाँ केवल मानिस मात्र श्रेष्ठ स्थानमा पुग्न सफल हुनेछ। मानिसको अलावा उच्च न कोहि जाती छ न कोहि थियो या न कोहि हुनेनै छ। त्यसैले मानव मानव बिचको भेदभाव सोह्रै आना गलत र सभ्यताको उपहासना हो। तर मैले देखेको छु परिवर्तन खोज्न बिचारको दियो सल्काउनेहरुको व्यवहार भने आफैमा अपरिवर्तित छ। जो बिचारले साच्चिकै जातीयता चाहँदैनन् उनीहरुलेनै व्यवहारमा भने जातिवाद शिरमा चढाएर राखेका छन। जातीयता गलत हो भनेर चर्को आवाज उठाउने र जातीय व्यवस्था खारेज गरेर समानता ल्याउने गन्तव्यमा अग्रपंक्तिमा उभिन गएका व्यक्तिहरूनै आन्तरिक रुपमा भने आफै भेदभावपुर्ण व्यवहारको रस द्वारा श्रृङ्गारीत छन।

भेदभावमुक्त व्यवहार र मानवीय समानता खोज्ने तिनै व्यक्तिहरु छन जो उपेक्षित समुदायबाट प्रतिनिधित्व गर्दछन। १२६ जातजातिको साझा थलो नेपालको समग्रमा भिन्न वर्ण भने बाहुन, क्षेत्री, आदिवासी जनजाति र दलित हुन। बिशेश गरि जातिवादको अन्त्य हुनुपर्छ भनेर सडकमा उत्रीने समुदाय भने दलित नै देखिन्छ। यो जरुरी पनि हो किनकी बाहुन, क्षेत्री र जनजाति सबै समुदायले मिचेकै समुदाय हो दलित। तर म यहाँबाट के वकालत गर्न चाहान्छु भने अरुलाई उज्यालो दिनुपुर्व आफू जल्नु जरुरी छ। अरुलाई बद्लिन अपिल गर्नुपुर्व आफै बद्लिनु जरुरी छ र अधिकार माग्नुपुर्व कर्तव्य निभाउनु पनि अत्यन्त जरुरी हो। प्रसंग सिधा छ। दलित समुदाय भित्रमा पनि विभिन्न उपजात हरु निर्माण गरिएको छ। बिश्वकर्माले परियारलाई मिचे, परियारले सार्की लाई मिचे अनि सार्किले गन्धर्व लाई।

दलित भित्रमा पनि त जातीय विभेद प्रष्ट छ त्यसैले पहिले सुधार यहि भित्र गरेर अनि मात्र बाहुन क्षेत्री ताक्दा हुन्न ररु क्षेत्री बाहुनले भेद गरे, पानी चलाएनन भनेर कुर्लिने अनि आफू चाहिँ आफुभन्दा उपेक्षित मान्छेसँग जम्काभेट भएको बेला कुसाइत परेझैँ गरेर तर्किनेरु भन्दाखेरी शब्दहरु तितो टर्रो लाग्न सक्छन तर सत्यता यस्तै हुन्छ। साच्चिकै अधिकार खोज्नेहरुलेनै अरुको अधिकारको उपेक्षा गरेका छन अनि समानता चाहानेहरुनै मुलढोकामा पुग्दा सुनपानी छर्कन लाउँछन। बाहुन क्षेत्रीको घरमा आफु पस्न पाएसम्म जातीयताको अन्त्य मान्ने तर आफ्नो दैलो अर्कोलाई टेक्न नदिने हो भने यहाँ जातीयताको अन्त्य होइन बरु यसको बिरुवालाई मलजल गर्नु हो अनि जातिवादलाई मोट्याउनु हो।

तर्कलाई सार्थक रुपले ग्रहण गरियोस र अनर्थ लाएर बिबाद नउठाइयोस भन्ने अपेक्षा गरेको छु। बरु प्रश्न खडा नगर्नुहोस् छोराछोरीको सम्बन्धमाथी जसले तपाईंले उपेक्षा गरेको जातिसँग सम्बन्ध बनाएका छन अनि चोर औंला नउठाउनुहोस त्यो प्रेम माथी जुन प्रेमबाट तपाईंले आफुलाई अपमानित ठान्नुहुन्छ। बाहुन, क्षेत्रीको छोरी बिहे गर्न पाएन भनेर आफुले आफुलाई उपेक्षित ठानेर मुद्दा जाहेरी पछि गरौंला पहिले मानवीय मुल्य मान्यताको पालना आफैबाट गरौं।

नेतृत्व बाहुनवाद होइन अपवाद

गणतन्त्र नेपालको कर्मचारी प्रशासन, सुरक्षा, राजनीतिक नेतृत्व, कानुन संयन्त्र तथा सरकार सञ्चालनको बिबिध क्षेत्रमा ब्राह्मण समुदायको बाहुल्यता खुबै रहेको छ जसको कारण अन्य जातीय तथा सम्प्रदायका मानिसको आँखा खिच्ने मात्रै होइन मन जलाउने काम सम्म गरिरहेको छ। मैले माथी पनि उल्लेख गरिसकेको छु अधिकारको निम्ति मर्ने तर जिम्मेवारीको ताप पर्नासाथ बिहानिको तुसारो जस्तै हराउने प्रवृत्ति हाम्रो समाजमा उहिलेदेखीनै यथावत छ। साहेद त्यसैले होला उचाइ चुम्न लगानी गर्न डराउने अनि अरुले शिखर टेकेको देखेपछि आफ्नो आँखामा माटो छरेर उसको प्रगतिलाई निशाना बनाउने। यो सत्य हो कि बाहुन समुदायले समाजमा सांस्कृतिक आधारमा राम्रै वर्चस्व कायम गरे र शासन गरे तर यो गलत हो कि बाहुन भएकै कारण मात्र राष्ट्रपति वा प्रधानमन्त्री बने अथवा बाहुन भएकै कारण मात्र उनले प्रतिनिधित्व गरेका छन। यो पनि झुटो होइन कि देशका उच्च जिम्मेवार पदमा बाहुनको बहाली छ तर यो त्यो बाहुनवाद भने पक्कै होइन जुन आरोप अन्य समुदायद्वारा लगाइएको छ।

वर्तमान सामाजिक स्थितिलाई केलाएर हेर्ने हो भने ब्राह्मण समुदाय पनि परिवर्तित र अपरिवर्तित छ। तर समाजिक रुपले उपेक्षित समुदायहरु भने जस्ताको तस्तै छन। जनै नामको सेतो धागो धारण गरिरहेका पण्डित वर्ग अपरिवर्तित छन र उनीहरुको जिवनशैली पनि पौराणिकनै छ। उनका बिचार वेदमार्गी भन्दापनी अन्धविश्वासलाई शिरोपर गरेका छन र यस्ता व्यक्तित्वहरु आजपनी जजमानी गरेर जिविकोपार्जन गर्ने र सांस्कृतिक अधिनायकत्व कायम गर्ने छन। उनीहरुको बिचार र व्यवहारमा तटस्थ जातिवाद देखिन्छ तथा यस्तो प्रकृतिलाई बाहुनवादको उपमा दिइयोस यो कुनै आपत्तिको बिषय जस्तो लाग्दैन तर नेतृत्व र उच्च पदस्थलाई लक्ष्यित गरेर मात्र बाहुनवादको बिल्ला दिइनु यो न्यायसंगत पटक्कै होइन।

जसले जनै उतारेर फोहोरसँगै फालिसके अनि जातिय संस्कृतिलाई कुल्चेर मानवतावादी बनेर कठोर श्रम र त्यागको साथ सेवाभाव तथा परिवर्तन लाई आत्मसात गरेर उपल्लो स्तरमा पुगेका छन उनीहरु बाहुनवादी होइनन् बरु बाहुनवादलाई लत्याउने अपवाद हुन। सांस्कृतिक अधिनायकत्व र वर्चस्वलाई चटक्कै माया मारेर त्याग र बलिदानिको साथ लागिपरेका हुन अनि मात्र उपल्लो पद र स्थान हासिल गर्न समर्थ भए अन्यथा जनैको डोरो सँगै उनको पनि अन्तिम संस्कार गरिन्थ्यो अन्य मानिस जस्तै। त्यसैले यो बाहुनवाद होइन बरु अपवाद हो। उनको क्षमता र त्यागको प्रतिफल हो। माथिल्लो स्थानसम्म पुग्न तथा नेतृत्व गर्न कुनै बाहुनले कुनै समुदायलाई रोक लगाएका छैनन् । वेदपाठ बाहुनको निजि कर्म मानिन्थ्यो उबेला भने आजको समयमा त्यो तपाईं हाम्रो लागि पनि उपलब्ध छ।

तर अपसोच त्यो न त हाम्रो बिद्धताले भेट्यो न त बिचारले। अनि हाम्रो हातमा गुनासो गर्न र बाहुनवादलाई दोष थोपार्न बाहेक अरु त बच्छ र पनि केरु बाँदर आफ्नो घर पनि बनाउँदैन र अरुको पनि बन्न दिदैन। जनै बिहिन बाहुन र उनको वादलाई तारो मात्र बनाउने तर आफुले भने जिन्दगीभर माखो नमार्ने तपाईं र म जस्तै मान्छेको स्वरुपमा बाँदरको जन्म भएकैले कतै सभ्यता अझै पछि पो धकेलिन्छकिरुरु समयमै घैँटोको बुजो खोलेर मानवीय मुल्य मान्यता, यथार्थ अधिकार र जिम्मेवारी अनि साँचो परिवर्तन स्वरुपको घाम भित्र छिर्न दिने पो होकिरु परिवर्तन आफैबाट सबैलाई चेतना भया।

केवल मानवीय मुल्य मान्यतालाई मात्र ध्यानमा राखी परिस्कृत सभ्यताको चरम उपलब्धिको लक्ष्य राख्नेहो भने न त यहाँ कुनै जातिवाद मौलाउँछ न त धर्मवादनै जन्मन्छ। आफ्नै वर्चस्व र आफ्नै अधिकार मात्र खोजेर साम्प्रदायिक दंगा मच्चाउन थालेमा बाहुनवाद मात्र होइन अर्को क्षेत्रीवाद, ठकुरीवाद, मगरवाद र दलितवाद पनि टाढाको कुरा छैन।