जनता समाजवादी पार्टीको दिशा र दशा

जसपा निर्माणले सदियौंदेखि सामाजिक आर्थिक लगायत अन्य बहुआयामिक उत्पिडनका साथै राजनीतिक प्रतिनिधित्व र न्यायोचित सहभागिता वाट बन्चित तथा उत्पिडन र विभेद को सिकार हुँदै आएका दलित, महिला र अन्य उत्पिडित राष्ट्रियता तथा सिमांकृत समुदायमा उत्साह र उमंग थपिएको छ भने जनता समाजवादी पार्टी अहिले चर्चाको शिखरमा छ ।

विभिन्न राजनीतिक परिवर्तन भएता पनि अझै मधेसी , आदीवासी , जनजाति, थारु, दलित, महिला , मुस्लिम तथा अन्य अल्पसंख्यक समुदायहरु आर्थिक रुपले शोषित , राजनीतिक रुपले उपेक्षित र सामाजिक रुपले अपहेलित र अपमानित हुनुका साथै किसान मजदुर तथा विपन्न वर्गका नागरिकहरु अन्याय , असमनता एवं विभेदमा रहन विबश हुनुका साथै शोषित उत्पिडित तथा अपमानित जीवन जीउन बाध्य समुदायहरुको निम्ति संघर्षरत पार्टीहरु गोलबद्धरुपमा एकीकृत हुँदा ती समुदायमा उत्साह र उमंग थपिनु स्वभाविक पनि हो र जातीय ,बर्गीय र लैंगिकताका आधारमा मानव द्वारा मानवको उत्पिडन एवं जारी शोषणवाट मुक्तगरी समतामुलक तथा न्यायमुलक समाजको निर्माण गर्न संघर्षरत पार्टीहरु एकीकृत हुँदा जनतामा विश्वास र चर्चाहुनु नौलोकुरा भने होईन । मुक्तिगामी नेपाली जनता उत्पिडन एवं बिभेदवाट छुटकारा पाउन शताब्दीयौं देखि पुराना र परम्परागत दलहरु नेपाली काँग्रेस र नेकपा लगायतका अन्य दलवाट अपेक्षा गरेता पनि त्यो सपना पूरा हुन नसकेकै कारण जसपा जनताको विश्वास र भरोसाको केन्द्र बन्न सफल भएको हो ।

अहिले नेपाली राजनीतिमा जसपा बहश बन्नुका साथै हरेक पार्टी , पौवा ,चोक ,चैरहा एवं होटलमा नेपाली राजनीतिलाई बुझेका सामाजिक अभियन्ताहरुले अव जनताको परविर्तनको चाहना पूरा गर्ने अहम भुमिका निर्वाह गरे जसपाले नै गर्न सक्छ भने अन्य लामो समय देखि शासन सत्ताको बागडोर समाह्लदै आएका शासक वर्गका केही कुपात्रहरु विभिन्न खालका कुन्ठाहरु पोख्दै हिडेपनि अब नेपाली राजनीतिमा साँच्चिकै भन्ने हो भने नेपाली जनताको बैकल्पिक नयाँ शक्ति निर्माण को सपना पूरा गर्ने पार्टी जनता समाजवादी पार्टी ,नेपाल नै हो । जसपा निर्माणमा भुमिका निर्वाह गर्ने कुशल नेतृत्वकर्ताहरु नेपाली राजनीतिमा ईमान्दार एवं क्रान्तिकारी छवि निर्माण गरेका राजनेताको भुमिकामा विराजमान भएकै कारण चर्चा परिचर्चा हुनु स्वभाविक पनि हो ।

जसपा जनताको वैकल्पिक र शक्तिशाली पार्टी निर्माण हुनुका प्रमुख ५ कारणहरु छन जुन निम्नानुशार रहेका छन ।

१. जनता समाजवादी पार्टी सदियौं देखि राजनीतिक , आर्थिक जातीय ,भाषिक,साँस्कृतिक उत्पिडनमा पारिएका समुदायहरु को राष्ट्रिय पहिचानको मान्यता,भाषा , सँस्कृतिको संरक्षण, तराई मधेश , हिमाल र पहाडका जनता वीच भावनात्मक सम्वन्धलाई बलियो बनाई राष्ट्रिय एकताको आधारलाई विकसित गर्दै नागरिक सर्वोच्चता, विधीको शासन , प्रेस स्वतन्त्रता, स्वतन्त्र न्याय प्रणाली , सङ्घीय शासन प्रणाली , लोकतान्त्रिक गणतन्त्र , धर्मनिरपेक्षता , समानुपातिक समाबेशी प्रतिनिधित्वको सुनिश्चितता गर्दै आर्थिक समानता, समृद्धि ,सामाजिक न्याय ,सुशासन र समतामुलक समाजको निर्माण र संयुक्त राष्ट्र संघको मान्यता अनुरुप आत्मनिर्णयको अधिकार सहितको सघीय राज्य स्थापित गर्ने मुख्य ध्येयका साथ मुलुकमा पुराना र परम्परागत पार्टीको विकल्प दिनेगरी नेपाली माटोलाई सुहाउने र बहुजातीय,बहुसाँस्कृतिक नेपाली समाजमा रहेको विविधतामा एकता स्थापना गर्न सक्ने पार्टीको रुपमा स्थापित गर्न सक्ने आधारहरु प्रस्तुत गरेको छ ।

२. नेपाली समाज परिवर्तनको दिशाको रुपमा नेपाली समाजको विशेषतायुक्त समाजवादका विशेषताहरु पहिचान सहितको सङ्घीयता, समाजवादी अर्थ राजनीतिको दिशा, सहभागिता मुलक समावेशी लोकतन्त्र ,आर्थिक र समाजिक न्याय , समतामुलक समृद्धि र मानवीय खुशी ,सुशासन र सदाचार, समानुपातिक निर्वाचन प्रणाली र समावेशीकरण , सामाजिक सुरक्षा सहितको लोक कल्याणकारी राज्य , पर्याबरणीय सन्तुलन र संरक्षण र बहुलतायुक्त बहुसाँस्कृतिक राष्ट्रवाद जस्ता महत्वपुर्ण नीति तथा सिद्धान्तको वकालत र पुर्ण कार्यान्वयन गर्न सक्ने मजवुत आधार लामो समय देखि प्रस्तुत गर्दै आएकोले जनताको मन जितेको छ ।

३. नेपाल अन्तर्राष्ट्रिय जगतमा आफ्नो स्वतन्त्र पहिचान र अस्तित्व कायम राख्दै शान्तिपुर्ण सहअस्तित्व , सार्वभौम समानता, पंचशिलको सिद्धान्त ,राष्ट्रिय सुरक्षा,आत्मनिर्भर अर्थतन्त्र लगायत नेपाली जनताको समृद्धिमा केन्द्रित परराष्ट्र नीति अवलम्बन गरेको छ । साथै देशको भु  राजनीतिक स्थितिलाई मध्यनजर गर्दै आत्मनिर्भरतापुर्ण २१ औँ शताब्दीको लक्ष्य संग परराष्ट्र नीतिलाई जोड्ने प्रयास गरेको छ भने यसै नीति अनुरुप छिमेकी मुलुकहरु संग सामाजिक आर्थिक सम्वन्धलाई पार्टीले विशेष महत्व दिनुका साथै विश्वका सवै मुलुकहरु संग मैत्रीपुर्ण सम्बन्ध कायम गर्दै देशको राष्ट्रिय स्वाधिनता र राष्ट्रिय हितलाई विश्व समुदायका वीचमा स्थापित गर्नु ,भुपरिवेष्टिक देशको अधिकार ठुला र साना देशहरु वीच पुर्ण समानाधिकार तथा एक अर्काको आन्तरिक मामिलामा अहस्तक्षेपकारी नीतिको पक्षपोषण गर्नु ,आर्थिक कुटनीतिक नीतिको अवलम्बन गरि देश विकास एवं समृद्धिमा योगदान पुर्‍याउने परराष्ट्रनीतिको मुल लक्ष्यका साथ परिवर्तनलाई स्वीकार गरेको छ ।

४. नेपालमा यतिबेला सरकारको नेतृत्व गरिरहेको पार्टीका अवस्था र स्थानीय निकायको कार्यालय सहयोगी देखि लिएर मुख्यसचिव सम्म ,जन निर्वाचित वडा सदस्य देखि प्रधानमन्त्री सम्म , पार्टीको चवन्नीको सदस्य देखि लिएर पार्टीको अध्यक्ष र सभापति र महासचिव सम्म सबै आ आफ्नो क्षेत्रमा सकेसम्म भष्टचारमै लिप्त देखिन्छन । राज्य र भष्टचारको अवस्थालाई अध्ययन गर्दा एक अर्काका परिपुरकका रुपमा भ्रष्टाचार बढिरहेको देखिन्छ ।भ्रष्टाचारको निबारणका लागि बनेका संघरसंस्थाहरु निकम्मा साबित भइसकेका छन । यसर्थ अबको दिनमा जनताको बीचबाट एउटा सर्बाधिकार सम्पन्न जनलोकपालको गठन गर्नु पर्ने राष्ट्रिय आबस्यकताको महशुस गर्नुका साथै नेपालको शासकीय स्वरुपमा क्रान्तिकारी रुपान्तरण नगरी नेपाली समाजमा देखिएको आजको अन्तरविरोधलाई हल गर्न सकिन्न भन्ने कुरा तीन बर्षको अनुभवले स्पष्ट पारिसकेको छ । तसर्थ जनता बाट निर्बाचित प्रत्यक्ष कार्यकारी राष्ट्रपतीय प्रणाली , पुर्ण समानुपातिक सङ्घीय संसद , निर्दलिय स्थानीय निर्वाचन ,जनसंख्याको आधारमा निर्वाचन क्षेत्रको घोषणा र त्यसको कार्यान्वयन नगरीकन राजनैतिक स्थायित्व र सिमानकृृर्त समुदायको प्रतिनिधित्वको सुनिश्चितता हुदैन भन्ने कुराको हेक्कालाई राम्ररी बुझेको छ ।

५। जसपा निर्माणमा अहम भुमिका निर्वाह गर्ने प्रमुख पात्रहरुमा उत्पिडित राष्ट्रियताहरुको परिवर्तनको चाहना पुरा गर्न र जनताको दुख ,पीडा , असमानता र विभेदलाई समाप्त गरि समतामुलक समाज निर्माण गर्न १० वर्षिय जनयुद्धको शुत्रपात अनि राजतन्त्रको अन्त्य गरी संविधान सभाबाट संविधान निर्माण गरि जनताको शासन स्थापित गराउने संकल्प कर्ता, दश बर्षिय जनयुद्धका विभिन्न उतारचढावका बाबजुद समाजमा आमुल परिवर्तन ल्याई आदीवासी जनजाति , मधेसी दलित लगायत पछाडि पारिएका उत्पिडित राष्ट्रियताका राजनीतिक मुद्दा , महिला अल्प संख्यक लगायत लैंगिक समानताको पक्षमा आवाज बुलन्द गर्नुका साथै , जनताका विभिन्न जनजिबिकाका सवाल या सुशासनका सवाल, निर्धक्का साथ उठाउनुका साथै आर्थिक अनिमियततको छानबिन गर्न आफ्नो सम्पति समेत छानविन गर्न संसद वाटै चुनौति दिन सक्ने लामो समय देखि नेपाली राजनीतिमै जीवन अर्पण गरेका ईमानदार एवं अन्तर्राष्ट्रिय राजनीतिमा स्वच्छ छवि निर्माण गरेका विद्वान नेता एवं पुर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई । पुर्बमेचीदेखि पश्चिम् महाकालीसम्मका किसानका मुद्दा , कर्णाली जस्ता भौगोलिक विकटताको विकासका मुद्दालाई उच्च सम्मानका साथ प्राथमिकतामा राख्न सक्ने ,लोकतन्त्र र समाजवादी बिचारको पक्षपाति एवं असल ईमानदार छवि बनाएका शालिन नेता मा। महन्थ ठाकुर । मधेसी,आदिवासी जनजाति, दलित एवं अन्य उत्पिडित राष्ट्रियताको मुद्दा सम्बोधन गर्न र गराउन निरन्तर संघर्षरत रहनुका साथै, हिमाल, पहाड र तराई मधेशमा सद्भाव र सहिष्णुता कायम राख्दै मुक्तिगामी जनताका मुद्दा अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउन अहोरात्र खटि( रहने बौद्धिक एवं संघर्षशिल तथा नेपालमा सङ्घीयताको विजारोपण गर्ने प्रथम योद्धा मा। उपेन्द्र यादव । लामो समयदेखि कम्युनिस्ट राजनीतिमा सक्रिय भुमिका निर्वाह गरेका आदीवासी जनजाती समुदाय तथा उत्पिडित राष्ट्रियताको भरोषाका प्रमुख नायक एवं सत्ता स्वार्थवाट टाढा रहि जनताको ढुकढकी बन्न सफल नेता अशोक राई सहितका राजेन्द्र महतो , राजेन्द्र श्रेष्ठ , तथा सर्वेन्द्र नाथ शुक्ला, हेमराज राई ,नवराज सुवेदी ,रामसहाय प्रसाद यादव ,रणध्वज कन्दङ्वा, गंगानारायण श्रेष्ठ ,डम्मर खतिवडा, ईस्तियाक राई,महेन्द्र राय यादव,अनिल झाँ र राजकिशोर यादव लगायतका सयौं सशक्त युवा नेताहरु उत्पिडित राष्ट्रियताहरुको क्रान्तिको चाहना पुरा गर्न सशक्त भुमिका निर्वाह गरेका र शासक बर्गको जातिय अंहकार र अधिपत्यका बादशाहहरुको जातिय अंहकार र अधिपत्यलाई निश्तेज पार्न सक्ने हिम्मत अनि चट्टानी अडान र दृढ संकल्पका साथ जसपा निर्माणमा लागेका नेताहरु तथा नेपाली राजनीतिमा उदयमान क्रान्तिकारी महिला नेत्री मा। रेणु यादव, हिशिला यमी , दुर्गा सोव ,शुशिला श्रेष्ठ , निर्मला यादव र लिला सिटौला लगायताका महिला नेत्रीहरुको बलियो उपस्थितले नै जसपाको अगामि भविष्यलाई प्रष्ट पार्दछ भने भ्रष्टाचार र अनियमितता वाट टाढा रही जनताको सुख दुखमा निरन्तर लडिरहेका यी पात्रहरु प्रति समाजवादी आन्दोलनका अभियन्ताहरु ले विश्वास गरेका छन र आफ्नो अधिकार प्राप्तिको आन्दोलनका नायक भएकोले आफ्नो भरोषाको केन्द्र मानेका छन ।

यी विविध मुद्दाले स्पष्ट पार्दछ कि अहिलेको २१ औँशताब्दीमा नेपाली जनता जुन रुपमा सामाजिक, आर्थिक परिवर्तन खोजेको छ अनि उत्पिडनवाट मुक्ति खोजेको छ रु त्यसरी नै जसपाको नेतृत्वले नयाँ युगको निर्माणको महाअभियानमा जुट्नुका साथै जसपालाई उत्पिडित राष्ट्रियताहरुको भरोषाको केन्द्र अनि समाजवादी लोकतन्त्रको बाहकको रुपमा स्थापित गर्न अभ्यासरत देखिन्छ त्यतिमात्र नभई आर्थिक सामाजिक राजनीति र बैज्ञानिक रुपमा समाजलाई अगाडि बढाउदै हिमाल पहाड तराईलाई जोडने अभियानमा जुटेको देखिन्छ ।

समाजमा ब्याप्त असमानता र विभेदको समुल नष्ट गर्दै विभेद मुक्त समाज निर्माणमा जुटेको देखिन्छ । तसर्थ जसपा जसरी उत्पिडित राष्ट्रियताहरुको मुद्दा उठान गरेकै कारण जसपा जनताको लोकप्रिय र अग्रगामी पार्टीको छवि निर्माण गर्दै नेपाली जनताको आशा भरोषाको केन्द्रको रुपमा स्थापित भएको छ त्यसरी नै जसपाले सशक्त रुपमा उत्पिडित राष्ट्रियताका मुद्दा लाई उठाउन र मुद्दा प्रति नेतृत्व वर्गले ईमानदारीता देखाउन जरुरी देखिन्छ र सदियौं देखि जसरी शासक वर्गको जातिय अंहकार अनि नश्लिय चरित्रवाट ग्रसित मानसिकताले उत्पिडित राष्ट्रियता शोषित, उत्पिडित र अपमानित हुन पुग्यो त्यसरी नै जसपामा उत्पिडित राष्ट्रियताहरुको बर्चस्व कायम गरि अन्य जाति समुदाय माथि नेतृत्वले पद र प्रत्तिष्ठाका लागि अवसरवादी चरित्र प्रदर्शन गर्नुको साटो सहअस्तित्वको भावनालाई आत्मसात गर्दै समानुपातिक समावेशी सिद्धान्तलाई पार्टीको आन्तरिक जीवनमा कार्यान्वयन गर्दै एकले अर्कालाइ तपाईं भन्न सकेमा मात्र बिविधता युक्त नेपाली समाजलाई एकताको सुत्रमा बाध्न सकिन्छ अनि जसपाको नयाँ युगको निर्माणको सपना पूरा गर्न सकिन्छ । जयमातृभुमि !

लेखक : जनता समाजवादी पार्टीका प्रदेश अध्यक्ष हुन ।