कर्णाली प्रदेश समृद्धिका आधार

कर्णाली प्रदेश भौगोलिक हिसाबले धेरै ठुलो तर नेपालकै दुर्गममा प्रदेशको रुपमा परचित छ । यो प्रदेश सामाजिक, आर्थिक, राजनितीक सास्कृतिक, पर्यटन, यातायात, शैक्षिक, स्वास्थ्य क्षेत्रमा धेरै पछि परेको छ । पहिलेदेखि नै केन्द्रीय राज्य सत्ताको नजरमा पछि परेको यो प्रदेश प्राकृतिक हिसाबले सुन्दर छ ।

यहाँका विभिन्न प्राकृतिक स्रोत साधनहरुको सहि तरिकाले सदुपयोग गरे निक्कै  अगाडि जान सकिन्छ । सुन सिरानि हालेर नुनको खोजिमा भौतारिएका यस प्रदेशका जनतालाई धनी एवम सभ्य नागरिक वनाउन सकिन्छ । लंकामा सुन छ कान मेरो बुच्चै भने उखान जस्तै । प्राकृतिक रुपमा सम्पूर्ण कर्णाली प्रदेशलाई आर्थिक रुपमा आत्मनिर्भर एवम समृद्धिका लागि निम्न सुचकलाई कर्णाली प्रदेशको समृद्धिका आधारहरुको रुपमा जोडदिन आवस्यक देखिन्छ।

१.जलस्रोत
२. वनजङगल एवं जडिबुटी
३. पर्यटन
४. खानी
५ . कृषि एवम पशुपालन
६. यातायात
७. शिक्षा
८. स्वास्थ्य
९ .दक्षजनशक्तिको सदुपयोग
१०. जमिनको प्रयोग

जलस्रोतमा कर्णाली प्रदेश नेपालकै धनी प्रदेशका रुपमा परचित छ, नेपालकै सबै भन्दा लामो कर्णाली नदि यसै प्रदेशमा पर्छ यसका सहायक नदिहरु हुम्ला कर्णाली,तिलाकर्णालि,सानो भेरि,ठुलो भेरि,लगायत बाह्रौं महिना सदावहाररुपमा आफ्नो गतिमा निरन्तर बग्ने नदिहरुका कारणले गर्दा बिकासको मेरुडण्डका रुपमा लिन सकिन्छ। बिधुत,सिचाइ ,र्ह्याफ्टिग, मिनिरलवाटरकोलरुपमा प्रयोग गर्न सकिन्छ।

कर्णाली नदिबाट मात्रा ४३ सय मेगावाट बिधुत उत्पादन गर्न सकिन्छ अहिले भारतिय कम्पनी gmr को ठेक्का सम्झौताले १२६ण् मेगावाट निकालिदै छ सो ठेक्का राष्ट्रियको लागि र कर्णाली प्रदेशको लागि दिर्धकालिन असर पर्ने भयका कारणले सो लाई रद्ध गरि कर्णाली प्रदेशको सरकारको स्वामित्व रहने गरि निर्माण गर्नु जरुरी छ भने राष्ट्रिय गौरवका आयोजन माध्य दुई वटा कर्णाली प्रदेशमा पर्छ नलगाड जलबिधुत आयोजन जसको क्षमता ४१७ मेगावाट बिधुत उत्पादन हुदैछ यसलाई पनि छिटोभन्दा छिटो निर्माण कार्य सम्पुर्ण गर्नु पर्छ भने भेरि बबइ बहुआयामिक आयोजनबाट ४७ मेगावाट बिधुत उत्पादन हुदैछ । यी दुवै आयोजनको स्वामित्व कर्णाली प्रदेश सरकारले लिनुपर्छ। कर्णाली प्रदेशका विभिन्न नदिहरुको सम्भव्यता अध्यायन गरि बिधुत,सिचाई ,मिनिरलवाटर एवमा रेपटिङम जलस्रोतको सदुपयोग गर्नुपर्छ ।

२. वनजङगल एवमा जडिबुटी कर्णाली प्रदेशमा बहुमुल्य काठहरु एवमा जडिबुटी उत्पादनको भण्डारको रुपमा लिन सकिन्छ,यश प्रदेशमा रहेका बनक्षेत्रावाट विभिन्न जताका काठहरुको नियार्त गरेन सकिन्छ भने कर्णाली प्रदेशमा पाइन्ने बहुमुल्यबान जडिबुटी यार्चागम्भा, पाँचऔंले, सतुवा, सेतोचिनि, भोजो , टिमोर, पदमचालो, रातोच्याउ,  भुल्त्य, कटुको,  घ्युकुमारि,घुचिच्याउ, आदि बहुमुल्य जडिबुटीहरुलाई जिराको मुल्य बेच्यर फेरि हामिले हिराको मुल्य किने प्रचलनको अन्त्यको लागि कर्णाली प्रदेश सरकारले विभिन्न किसिमाका उधोगहरु सञ्चालन ल्याउनुपर्छ।

३. पर्यटन राष्ट्रिय पर्यटन स्थालका रुपमा प्रचित एवमा कर्णाली प्रदेश सरकारको सुचिमा परेका पर्यटन स्थालहरुको बिकासको लागि प्रचारप्रसार गर्नु जरुरी छ । कर्णाली प्रदेशका १ण्वटा जिल्ला रहेका विभिन्न पर्यटन एवमा धार्मिक स्थालहरुको प्रचारप्रसार गरि यश प्रदेशलाइ पर्यटनकहरुको आकर्षणको केन्द्र बनाउनुपर्छ कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगरमा रहेका धार्मिक स्थाल देउति बज्जै मान्दिर, काँक्रेविहार, घण्टा घर, बराहताल, कालिकोट जिल्लामा रहेको नेपालकै अग्लो झरना पचालझरनाको प्रचारप्रसार गरेको खण्डमा अन्तरिक एवमा बाह्रय पर्यटनहरुको आकर्षणको केन्द्र वन्नसक्छ । 

मुगुको राराताल, हुम्लाको मानसवार, जुम्लाको भैरवनाथ मान्दिर, डोल्पाको जग्दुलाताल, कान्जिरुवा हिमाल, शे गुम्बा, शे फोक्शोढो ताल, धौलागिरि हिमाल,त्रिपुरासुन्दरि मन्दिर , जाजरकोट मास्टो देवताको मान्दिर, दरबार,बारेकोट गाउँपालिकाम रहेको जोगिनि ताल, रुकुमको सेरपुताल, सल्यानको कुपोन्डो ताल दैलेख श्रिस्थान मान्दिर,पञ्चदेवल, दुल्लु दरवार आदि पर्यटन एवमा धार्मिक स्थाहरुको राम्रो व्यवस्था प्रचारप्रसार गर्नुपर्छ।

४. खानि कर्णाली प्रदेश सरकारको बिकासको मेरुदण्डको रुपमा रहेको कर्णालि प्रदेशलाई आत्मनिर्भर एवम सफल बनाउनको लागि यसप्रदेशका विभिन्न खानिहरुको अनुसुधान एवमा उथानको कामलाइ गतिदिनुपर्छ सुर्खेत जिल्लाको चौकुनेमा रहेको चुनढुङगाको खानि लाई सञ्चालन ल्याउन सकेको खाण्डमा कर्णाली प्रदेश मात्र नभयर ५ प्रदेश र भारत विभिन्न सहरहरुमा सिमेन्टहरु नियातगर्न सकिन्छभने सुर्खेत जिल्लाको जानेम रहेको सुनखानि दैलेख जिल्ला पेट्रोल खानि उथानहुदै छ।

जाजरकोट जिल्ला कुशेगाउपालिका रहेका बिश्रकै नम्बर १ काइनेट खानि बारेकोट गाउँपालिकाम रहेको फलाम खानि भेरिनगरपालिका भुरमा रहेको कोईला खानि अन्या कर्णाली प्रदेशका विभिन्न जिल्लाहरुमा रहेका खानिहरुको खोजअनुसुधान गर्नु पर्छ   भने भयकाहरुलाई छिटोभन्दा छिटो सञ्चालनमा ल्याउनुपर्छ ।

५. कृषि एवमा पशुपाल प्रदेश सरकार लाई कृषि एवमा माछा,सामु,दूध दहिमा आत्मनिर्भर बनाउने र कर्णाली प्रदेशलाई अर्गनिकप्रदेमा बिकास गर्नकोला यश प्रदेशका १० वटै जिल्लाहरुमा विभिन्न किसिमाका प्रयोजनहरु सञ्चालनमा ल्याउनुपर्छ ।  किसानहरुले उत्पादन गरेका वस्तुहरुको बजारि करणको जिम्मेवारी प्रदेशसरकारले लिनुपर्छ । कृषिमा विभिन्न किसिमा प्रबिधिहरुको प्रयोग ,किसानहरुलाई अनुदानको व्यवस्था बैज्ञानिक तरिकाले खेति गर्ने तालिमाको व्यवस्था किसनहरु लाई पेन्सनको व्यवस्था गरेको खण्डमा यस प्रदेशलाइ कृषि एवमा पशुपालमा आत्मनिर्भर अर्गानिक प्रदेशकोरुपम बिकास गर्न सकिन्छ ।

६. यातायात कर्णाली प्रदेशको समृद्धिका लागि यश प्रदेशका प्रत्येक स्थानियतहमा सहजै यातायातको पुहँच पुराउनु पर्छ जकि स्थानीय हतमा उत्पादन भएका वस्तुहरु सँधै  वितरणको लागि बजारसम्म आईपुगाेस । कर्णाली प्रदेशको चिनसंग सिधै यातायात कर्णाली प्रदेशको समृद्धिका लागि यस प्रदेशका प्रत्येक स्थानियतहमा सहजै यातायातको पुहँच पुराउनुपर्छ  ।जकि स्थानीय हतमा उत्पादन भयका वस्तुहरु सझै वितरनको लागि बजार सम्म आईयुगउस।कर्णाली प्रदेशको चिन संग सिमाना जोडेका जिल्ला हुम्लाको हिल्चा एवम यारि नाखा खुल्नुपर्छ भने डोल्पा जिल्लाको माथिले स्थानीय तह चिन संग नाखा जोडियका स्थानम पनि नाखा खोल्नु पर्छ।

७. शिक्षा क्षेत्रको कर्णाली प्रदेश शिक्षा क्षेत्रमा धेरै पछि परेको प्रदेश हो कुनै पनि देशको बिकासको लागि शिक्षा लाई एउटा मेरुदण्डको रुपमा लिनसकिन्छ यश प्रदेशको बिकासका लागि दक्षनजशक्ति उत्पादनका लागि शिक्षा क्षेत्रमा कर्णाली प्रदेश सरकारले विशेष नीति लिनुपर्छ नेपालको २ण्७२ को संबिधानले शिक्षा सम्बन्धि अधिकार स्थानीय तहलाई दिएको छ । सबै स्थानीय तहले आफनो आवश्यकता अनुसारको पठाक्रम निर्माण गरि लागू गरनुपर्छ भने बिश्वबिद्यालय शिक्षाको लागि दक्ष क्षमतावना सिपमुलक, प्रबिधिसंग जोडेको जनसक्ति उत्पादन गर्नुपर्छ। बिश्वबिद्धालय शिक्षालाई सर्वशुल्व एवम व्यवहारिक वनाउनुपर्छ।

८ . स्वास्थ कर्णाली प्रदेश भौगोलिक कठिणायका कारण विभिन्न समस्यका कारणले यस प्रदेशका जनताले राम्रो स्वास्थ सेवा पाउन सकेका छैनन् । प्रत्येक स्थानीय तहमा राम्रो स्वास्थ्य केन्द्र नभएका कारणले धेरै मान्छेले अकालमा ज्यान गुमाउन बाध्य भएका छन । यदि कुनै पनि देशको जनता स्वास्थ भएन भने त्यो देश बिकासको गतिमा अगाडि जान सक्दैन त्यसकारणले कर्णाली प्रदेशको समृद्धिकालागि कर्णाली प्रदेशमा सुबिधा सम्पुर्ण अस्पताल बिशेषज्ञ स्वास्थ्यकर्मीहरु आबश्यक्ता छ । त्यसको लागि प्रदेश सरकारले विशेष खालको योजना लिनुपर्छ।

९.  दक्ष जनशक्ती कर्णाली प्रदेश सरकारले आफ्नो प्रदेकाको बिकासको लागि यस प्रदेशमा भयका विभिन्न क्षमाता भएको जनशक्तिलाई समृद्धि कर्णालि वनाउनको लागि आफ्नो प्रदेशमा फर्किने बातावरण सिर्जना गर्नुपर्छ । त्यसको लागि उसको क्षमाता आनुसारको विभिन्न सेवा,सुविधा, तालिम दिनुपर्छ।

१०.  जमिनको प्रयोग कर्णाली प्रदेशकोका विभिन्न जिल्ला भएको  जमिन सरकारलाई हस्तान्त्रण गर्नुपर्छ । त्यसकाे सदुपयाेग गरिनुपर्छ ।

निष्कर्ष कर्णाली प्रदेशको समृद्धिको लागि यश प्रदेशमा भयका विभिन्न प्राकृतिक स्रोतसाधनहरुको खोज आनुसन्धन एवम प्रद्धधन गर्नु पर्छ प्रदेश सरकारले,तत्कालिन अल्पकालीन ,दिर्धकालि,विभिन्न आयोजनहरु निर्माण गरिअगाडि जानुपर्छ ।

हामी विभिन्न स्रोतसधानले भरिपुर्ण भयका कर्णालीका जनतालाई रोजगारिका आबसर दिनसकिन्छ भने हामिले प्रर्यटन ,खानि,जगङल, जडिबुटी, जल, जनसक्तिहरुको सहि तरिकाले व्यवस्थापन गर्नसकेपछि अबको २० बर्षमा नेपालका सातै प्रदेशहरु माध्य धनी प्रदेशको रुपमा कर्णाली प्रदेशलाई किकास गर्न सकिन्छ। त्यसको लागि यस प्रदेशका सबै स्थानीय सरकार प्रदेश सरकार संघिय सरकारको सहयोग सहकार्य , माथि उल्लेखित आधरहरुमा लगानिको बाताबरण निर्माण गर्नु आबश्यक देखिन्छ।