सभामुख शाहीको नजरमा कर्णाली प्रदेश स्थापनाका ५ बर्ष

कहाँ पुग्यो समृद्ध कर्णालीको यात्रा ?

कर्णालीबासीको सपना पुरा गर्न पाँच वर्ष अगाडि आजकै दिन कर्णाली प्रदेश स्थापना भएको थियो । कर्णालीबासीको समृद्धीको सपनाको ढोका खुलेको दिन यहि दिन थियो । संभवत कर्णाली बासीको समृद्धीको यात्रा आज भदौ ४ गतेबाट शुभारम्भ भएकाे थियाे ।  कर्णालीबासीले आफ्नो भबिश्यको कर्मरेखा कोर्नको लागि संघर्षले सार्थकता प्राप्त गरेको दिन हाे याे  । हामीले कर्णाली प्रदेश सभाका सभामुख राज बहादुर शाहीकाे नजरमा ५ बर्षकाे संक्षेप नजरअन्दाज राखेका छाैँ ।

 

जुन यस्ताे छ 

केन्द्रीकृत शासन प्रणालीमा आफ्नो पहुँच नपुग्दा पछाडी परेको मनोबिज्ञानमा रहेका कर्णालीका नागरिककालागि राज्यको पुनर्संरचना हुदा समेत कर्णालीलाइ छुट्टै प्रदेश नबनाइएको आक्रोश तत्कालीन समयमा सडकमा पोखियो र बलिदानिसहित प्रदेश स्थापना भयो ।

 

राष्ट्रिय आँखाले हेर्दा कर्णाली छुट्टै पर्देश थियो वा थिएन ?  थियो भनेपनि यो आकारको मात्रै थियो कि थिएन ?  बिकास र समृद्धिकालागि छुट्टै प्रदेश हुनु आबश्यक सर्त हो कि होइन ?  यो बहसको बिषय हुनसक्छ तर निति र योजना निर्माणमा आफ्नो पनि सहभागिता हुनुपर्छ भन्ने भन्ने कर्णालीबासिको तत्कालीन मनोबिज्ञान जायज थियो र यसैको परिणाम स्वरुप कर्णाली प्रदेशको स्थापना भएको हो ।

प्रदेश स्थापना भएको ५ बर्ष लागेको छ । जनताका अपेक्षा , बिकास र समृद्धिको चाहनाको परिप्रेक्ष्यमा मुल्यांकन गर्न ५ बर्षको समय प्रयाप्त होइन् । बिकास र समृद्धिको यात्रा एउटा लामो र निरन्तरताको प्रक्रिया हो । यसलाइ यहाँको समग्र अवस्थाको सापेक्षतामा हेर्नुपर्ने हुन्छ ।

यसरी हेर्दा ५ बर्ष ब्यवस्थाको स्थापनाको जग हाल्ने महत्त्वपूर्ण बर्ष हुन । यो प्रारम्भिक र यतिहासिक जिम्मेवारी हामीले कत्तिको निर्बाह गर्न सक्यौ ?  भनेर समिक्षा गर्नुपर्ने हुन्छ । यसरी हेर्दा ब्यवस्थाको स्थापना , संस्थागत बिकास र संरचना स्थापनामा उल्लेख्य प्रगति भएपनि बिकास र समृद्धिको जग हाल्ने काममा हामि कता कता अलमलिएको जस्तो लाग्छ ।

हुनत बिकास र समृद्धि एउटा लामो र सामुहिक प्रक्रिया भएकाले सामुहिक तत्परता र रचनात्मकताले मात्र प्राप्त हुने हो । यस अर्थमा वर्तमान अवस्थाकालागि हामी सबै (कार्यकारी, बिधायिका, नागरिक समाज र नागरिक) जिम्मेवार छौँ । जे होस यो ब्यवस्थाको स्थापनाको प्रारम्भिक अनुभवबाट शिक्षा लिदै उत्साहपुर्ण अबस्था सृजना गर्न सरोकारवाला सबैको पहलकदमि र बुद्धिमत्ता आवश्यक छ ।

सरकारको मात्र भर नपरि सबै जागरुक होऔँ , सबैले रचनात्मक योगदान गरौँ,अनिमात्र सहिदका सपना र नागरिकका आवश्यक्ता र चाहना पुरा गर्न सकिन्छ ।