दलित वर्ग र हिन्दू दर्शन

हिन्दू वर्णाश्रम जाती व्यवस्था के हो ?

” दलित ” शब्दको शाब्दिक अर्थ दलन मा परेको वा पारिएको भन्ने हो। हाम्रो समाज वा राज्य व्यवस्थामा सदियौंदेखि कामको आधारमा जात र जातको आधारमा भेदभाव भएको छ । यसरी हुने भेदभावको कारण मानिस पशु सरह जिउन बाध्य मात्र नभएर पशु जस्तै मृत्युवरण सम्म गरेका उदाहरण हामी समक्ष धेरै छन्।

दलित जातीय अनुसूची विवरण अनुसार , दलितको परिभाषा यस प्रकार छ – ” हिन्दू वर्णाश्रम जाती व्यवस्था , वि. सं .१९१० को मुलुकी ऐनबाट पानी नचल्ने र छोइछिटो हाल्नु पर्ने जातजाति भनी जातीय भेदभाव एबम् समाजमा अछुत मानिएका र सामाजिक , आर्थिक, राजनैतिक , शैक्षिक तथा धार्मिक रुपमा राज्यको मूल प्रवाह बाट पछाडि पारिएका जातजातिका सुदायलाई दलित वर्ग भन्ने गरिएको छ। ” यो परिभाषा पढिरहँदा वि. सं. १९१० को मुलुकी ऐन र हिन्दू वर्णाश्रम जाती व्यवस्था पनि आकर्षित देखिन्छ।

१९१० को मुलुकी ऐनलाई हेर्दा , समग्र मानिसलाई विभाजन गर्ने जात व्यवस्था अनुसार श्रोत साधनमा पहुँच , काम कर्तव्य र अधिकार लाई पनि विभाजित गरिएको छ भने एउटै अपराधमा पनि जात अनुसार फरक फरक दण्ड सजायको व्यवस्था गरेको छ। यस ऐनको लागू तत्कालीन शासक जंग बहादुर राणाले गरेको हुन भने ऐन बनाउने अधिकांश विज्ञहरु आजको बाहुन जात तथा समुदाय बाट रहेका छन् । (यसबारे स्पष्ट हुन वि. सं. १९१० को मुलुकी ऐनको अध्यन महत्वपूर्ण रहन्छ) ।

हिन्दू वर्णाश्रम जाती व्यवस्था के हो ?

सामान्य रुपमा हेर्दा मानिसले गर्ने कामलाई ४ भाग वा वर्गमा बाँडिएको छ। त्यही कामलाई आधार मानी समाजलाई ४ भागमा विभाजन गरिएको छ । शिक्षा दिने वा सिकाउने ( ब्राह्मण ) , सुरक्षा दिने ( क्षेत्री ) , अर्थ व्यवस्था चलाउने वा व्यापार गर्ने ( शूद्र ) र सेवक बन्ने अथवा शारीरिक श्रम गर्ने ( शूद्र )। आजको दिनमा वर्ण व्यवस्थालाई मान्ने हो भने सम्पूर्ण गुरुहरू जसले कुनै पनि किसिमको शिक्षा प्रदान गर्नु हुन्छ ,उहाँहरू ब्राहमण हो। जस्तै शिक्षक, संगीत गुरु, विभिन्न शीपको गुरुहरू। जसले सुरक्षा गर्छ जस्तो प्रहरी सेनाहरू सबै क्षेत्री हो। अहिले हुने सबै व्यापारीहरु वैश्य हो भने श्रमिक वर्ग सबै शूद्र हो।

यति भनिरहँदा सबैको आफ्नो ठाउँमा त्यतिकै महत्व रहेको छ। सानो ठूलो भन्ने कुरा भ्रम मात्र हो । आफूलाई ठूलो देखाउन सिर्जित विभेद मात्र हो। हामीले अहिलेको अवस्थामा कुन पेशालाई कसरी हेर्छौ त्यो हाम्रो चेतनाको उपज हो। त्यो चेतना पुस्तक भन्दा धेरै समाजबाट प्रभावित छ।

यदि वर्ण व्यवस्थामा विभेद छैन भने कसरी भित्रियो ?

पूर्वीय दर्शनको वर्ण व्यवस्थाले पेशागत विज्ञतालाई आधार मानेर जात मानेको हो। ज्ञानी त्यो हुन्छ जो सङ्ग ज्ञान हुन्छ। ज्ञान भएको ज्ञाता ,त्यही ज्ञाता को ज्ञात बाट जात बनेको भन्ने कुरा पनि अध्ययनमा भेटिन्छ। । त्यो समयमा सबै ज्ञानीहरुलाई अत्यन्तै सम्मान गरिन्थ्यो। ज्ञान सबै बराबर थियो। पैसा थिएन । वस्तु विनिमय हुन्थ्यो या भनौँ एक आपसमा ज्ञानको साटासाट हुने गर्दथ्यो। सबैको ज्ञानलाई सम्मान गरिन्थ्यो।

इतिहास पल्टाउन थाल्यो भने राजा महाराजाहरुको कथा मात्र भेटिन्छन्। त्यही राजा महाराजाहरुले आफू र आफ्नो वंशलाई चिर स्थायी बनाउन समाजको सबै वर्गलाई सके जति दबाब र अत्याचार गरेको देखिन्छ। यही क्रममा तात्कालीन राज्यसत्ताले फुटको विजारोपण स्वरुप समाजमा हुने विभिन्न कामलाई जात व्यवस्थामा रूपान्तरण गरी आफू सधै राजा बनिरहन जसले जे काम गरेको छ , त्यही जात हुने र त्यसले त्यो काम मात्र गर्ने सामाजिक व्यवस्थाको सुरुवात गरेको देखिन्छ। यसो गर्दा ऊ सधैं आफू राजा बन्न पाउने, गुरुहरू सधैं गुरु हुन पाउने , व्यापारी सधैं व्यापारी हुन पाउने र श्रमिक सधैं श्रमिक नै हुनु पर्ने भयो । तर यो वर्ण व्यवस्थाको गलत प्रयोग थियो जुन आजको समाजमा पनि व्याप्त रहेको छ। यो व्यवस्थाले विज्ञताको आधारमा हुने काम र काम को आधारमा हुने जात को अवधारणालाई उल्टो बनाएर जन्मको आधारमा काम र जात मात्र बनाएन सिङ्गो समाजको समानता र भाइचारा सम्बन्धलाई समेत नष्ट गर्दै गयो ।

पेशागत दक्षतामा पनि गलत प्रवृत्ति छिरायो। यो गलत प्रवृत्तिको विरोध गर्ने सबैलाई धार्मिकताको विरोध गरेको भन्ने आरोप लगाउँदै अत्यन्त निर्मम यातना दिएको घटनाहरू पनि इतिहासको विभिन्न कालखण्डमा भेटिन्छ। यद्यपि त्यो विरोधको धर्म सङ्ग कुनै सम्बन्ध थिएन र हुँदैन पनि। यहाँ तात्कालीन शासकहरूले आफूले बनाएको सामाज व्यवस्थालाई धर्म र पूर्वी दर्शनसँग जोडी दिनाले पूर्वीय दर्शनको नै दोष भएको जस्तो देखिन्छ तर त्यो सत्य होइन।  हिन्दू दर्शन नभएर शासकले बनाएको सामाजिक व्यवस्था नै जात व्यवस्था हो। त्यो पनि केही सीमित व्यक्तिहरूको स्वार्थले बनाइएको थियो ।

वर्ण व्यवस्थामा विभिन्न वर्णको अवस्था कस्तो थियो, आज कस्तो छ?

२००० वर्ष पहिला राजा मनुले जातीय छुवाछुतलाई कानुनी रुपमै कठोर बनाएको देखिन्छ। त्यो कानुन बमोजिम वर्ण व्यवस्थामा ब्राह्मण, क्षेत्री , वैश्य र शूद्र भनी ठूलो देखि सानो क्रममा राखेको देखिन्छ भने शुद्रलाई तीन वटै वर्गले शोषण गरेको देखिन्छ। यही व्यवस्था अनुसार ब्राह्मण र क्षेत्री शक्तिशाली रहे त्यसैले स्वघोषित रुपमा आफूलाई उच्च श्रेणीमा राखे तै पनि उनीहरू बीच पनि जातीय विभेद रह्यो । शरीर एउटा दिमाग अर्को बनेर सत्तामा हालीमुहाली गरिरहँदा ती बीचमा पनि उच निचको बीउ देखिन्छ । यसरी हेर्दा राजा त सधैं क्षेत्री भएको छ किन यो व्यवस्थामा ब्राह्मणलाई दोष दिइन्छ भन्ने प्रश्न उठ्न सक्छ ?

त्यसको पनि कारण छ, कुनै कालखण्ड त्यस्तो पनि थियो जतिबेला ब्राह्मण भन्दा अरू पढेको कोही पनि हुँदैनथ्यो। ब्राह्मणलाई सबै भन्दा जान्ने भनिन्थ्यो ब्राह्मणले जे भन्यो त्यही सत्य हुन्छ भन्ने बुझाइ थियो । ब्राह्मण को मुखबाट जे निस्कियो त्यहीँ सत्य र कानुन हो भन्ने हुन्थ्यो। त्यही कारण आज पनि ब्राह्मणलाई गुरु भनेर सम्बोधन गरिन्छ । बडो चातुर्य को साथ तात्कालीन ब्राह्मणले राजालाई सबैभन्दा ठूलो र कसैको अगाडी झुक्न नहुने बतायो तर आफ्नो अगाडि टिका प्रसादको वहानामा झुक्न लगायो ।

केही सीमित फटाहा ब्राहमण को कारण आज सिङ्गो ब्राह्मण बदनाम भएको छ। आजको दिनमा ब्राहमण पनि पीडित छ। हरेक कुरामा प्रहार सहनु परेको छ। तर त्यो प्रहार हिजोको ब्राह्मणले दिएको गलत शिक्षाको नतिजा हो।
समग्रमा भन्नु पर्दा पूर्वीय दर्शनको सबै भन्दा धेरै ज्ञाता आफूलाई सोच्ने ब्राह्मण कै कारण आज यो दर्शन विवादित मात्र बनेन मानव जातिको लागि अभीशाप नै बनेको जस्तो देखियो।

तात्कालीन समाज देखि आज सम्म सत्ताको बागडोर सधैं यही दुई वर्ग बीच मात्र रह्यो । त्यसैले यी दुई वर्ग एउटा भगवानको अवतार र एउटा भगवानको पुजारी बनेर आफ्नो निहित स्वार्थमा समाज लाई शोषण गरिरहे। एउटा नीति निर्माता थियो त अर्को शारीरिक रुपमा बल प्रयोग गरी कार्यान्वयन गराउने शक्ति। दुवै मिलेर सके सम्मको अत्याचार त्यो बेला देखि आज सम्म गरेको देखिन्छ।

वर्ण व्यवस्था देखि आज सम्म सबै भन्दा धेरै पिल्सिएको समुदाय वा वर्ग भनेको तात्कालीन शूद्र आजको दलित हो।
जसलाई पढ्न पाउने अधिकार पनि थिएन भने भगवानको नाम मात्र लिदा पनि जिब्रो कटिन्थ्यो, सुन्दा कानमा झिर हालिन्थ्यो। समाजमा पशु जस्तो व्यवहार गरिन्थ्यो। उनीहरूसँग जस्तो मन लाग्यो त्यस्तै व्यवहार गरिन्थ्यो। पूर्व जन्मको श्राप भनेर भ्रम सिर्जना गरिएको थियो ।

आजको समयमा ज्यालामा काम गर्ने श्रमिक लाई नै तत्कालीन वर्ण व्यवस्थाले शूद्र भनेर सम्बोधन गरेको हो। जसलाई तात्कालीन देखि आज सम्म चरम अत्याचार गरिएको छ। त्यो समय भन्दा आज यातना र विभेद केही घटेको वा परिवर्तन भने पक्कै छ तर अत्याचार आज पनि छ। किनकि सत्ताको बागडोर आज पनि प्रत्यक्ष तथा परोक्ष रुपमा केही परिवर्तित अवस्थामा त्यही शक्ति को हातमा छ।

जुन सत्य र सही दर्शनको व्याख्या गर्ने गर्थे तिनीहरूलाई विभिन्न कारण देखाउँदै राज्यको मूल प्रवाह बाट टाढा बनाउँदै लगियो र जसले आफूलाई बलियो बनाउन अनेकन षडयन्त्र गर्छ त्यसलाई राज्यको प्रमुख बनाउँदै लगियो। फलस्वरूप दर्शन मर्दै गयो। पीडितलाई अझै पीडा थपिँदै गयो । यति सम्म यातना दिइयो की उसले कहिले मूल प्रवाहमा आउने आँट गर्न धेरै पुस्ता पर्खनु परिरहेको छ।

वर्ण व्यवस्थामा ब्राह्मण र क्षेत्री जत्तिकै वैश्यले भेदभाव र छुवाछुत गरेको देखिँदैन। किन कि तत्कालीन अवस्थामा व्यापार गर्ने पनि तल्लो नै मानिन्थ्यो यो पनि एक किसिमको श्रमिक नै हो। जसले मानसिक श्रम गरिरहेको हुन्छ। वस्तु विनिमय अवस्थामा व्यापारको सम्बन्ध सिधै स्रष्टा सङ्ग हुने भएको ले व्यापारीको त्यति महत्व थिएन। त्यो बेला देखि आजको समयमा पनि वैश्य अथवा आजको व्यापारीले त्यति धेरै भेदभावमा उत्रेको देखिदैन यद्दपी सामाजिक परिवेश अनुसार ब्यावहार गरेको भेटिन्छ। तर हिन्दू वर्ण व्यवस्था जन्मको आधारमा नभएर कर्म अथवा आफूले गर्ने कामको आधारमा हुने कुरा सत्य हो।

यो नियम लागू गर्दा ब्राह्मण, क्षेत्री र वैश्य हरुलाई त्यति अप्ठ्यारो थिएन र भएन पनि तर श्रमिक वर्गलाई सबैको सेवा गर्नु पर्ने त थियो नै अझ त्यसमाथि चरम यातना दिन पनि थालियो यसो गर्नुको कारण थियो मानिसिक रुपमा नै कमजोर बनाउन सकियो भने शारीरिक रुपमा जति नै बलियो भए पनि केही गर्न सक्ने वा विद्रोह गर्ने आँट राख्न सक्दैन भन्ने बुझेर तात्कालीन राज्य सत्ता र तात्कालीन जान्ने बुझ्ने गुरु या भनुँ ब्राह्मणले सके सम्मको अत्याचार गरेको पनि विभिन्न ऐतिहासिक दस्तावेजबाट पुष्टि हुन्छ।

एक जना तात्कालीन राजा र केही स्वार्थी ब्राह्मणको निजी पारिवारिक स्वार्थमा फसेर सिङ्गो दर्शन र धर्म अपमानित र उपेक्षित त भयो नै समग्र मानव जाति नै विभिन्न कित्तामा विभाजन भयो। आज पनि सत्य बुझेको मानिस जसलाई समाजमा धार्मिक गुरु भनेर मानिन्छ उहाँहरूले किन सत्य बोल्न जिब्रो बाटार्नु हुन्छ ? किन सत्यलाई स्वीकार्नु हुँदैन ?
यी प्रश्नहरूको जवाफ हामीले खोज्नु नै पर्छ।

दलित विभेदको अन्त्य कसरी हुन्छ ?

दलित के हो ? कसरी उत्पत्ति भयो भन्ने कुरा खोजी सकेपछि यसको समाधान कसरी हुन्छ । भन्ने विकल्प खोज्नु पर्छ। हामीले पूर्वीय दर्शनमा आधारित हिन्दू धर्ममा जातीय विभेद छ कि छैन भन्ने खोजी सकेपछि एउटा निष्कर्षमा पक्कै आउँछौ।

हिन्दू धर्म तथा पूर्वीय दर्शनले जातीय विभेद गर्दैन भनेर जति दाबी गरिए ता पनि समग्र दलित वा भनौं शूद्र समुदायले यो विश्वास गर्न नसकेको कुरा सत्य हो। जातीय विभेद पूर्वीय दर्शनमा छैन मात्र भन्नु भन्दा आफ्नो दर्शनमा लाग्ने गरेको आरोपको खण्डन गर्दै सत्य कुराको प्रचार गर्नु पनि त सबै पूर्वीय दर्शनमा आस्था राख्नेहरूको कर्तव्य हो ।

आजको दिनमा पनि कोही कमजोर मानसिकताका खानीहरुले यो अवस्थालाई बचाइ राख्न खोजेको पनि देखिन्छ , भने कोही पूर्वीय दर्शनका विरोधी हरुले दर्शनमा नै खोट देखाउँछन्। यस्तो भन्ने दुवै गलत हुन्। अझ धेरै गलत त ती हुन् जसले सत्यता लुकाउने अभिष्ट प्रयास गरिरहेका छन् । कथित सानो ठूलो जातको कित्तालाई यथावत राखेर आफु सदैव ढोंगी ठूलो बन्ने । समानताको आवाजलाई विभिन्न नाम दिँदै निस्तेज गर्न खोज्नेहरुको पनि जत्था छ । कमजोर मानसिकता भएका मानव विरोधी तर मानवरुपी प्राणीहरूले अरूलाई सानो र कमजोर देखाउन आज पनि सके सम्मको प्रयास गरेको देखिन्छ।

दर्शन भित्रको सत्य कुरालाई थाहा नदिन तत्कालीन शाषकहरुले दर्शन र ग्रन्थहरू पढ्न नमिल्ने कानुन नै बनाएको प्रमाण पनि भेटिन्छ । त्यस भित्रको स्वार्थ नै दर्शन र धर्म प्रति भ्रम सिर्जना गरी आफूले जे भन्यो त्यही धर्म बनाउनु या भनौँ आफूलाई सधैंको लागि ठूलो र महान बनाउने प्रपञ्च थियो। यो मान्यताले लामो समय समाजमा राज गरेको पनि छ, त्यसैले धेरैलाई हिन्दू दर्शनले नै विभेद गरेको लाग्नु स्वाभाविक पनि हो। तर सत्य भने त्यो हैन। धेरै त्यस्ता बुद्धिमान हरु पनि हुनुहुन्छ जो सबै कुरा थाहा पाउनुभएको छ र आफ्नो व्यक्तिगत स्वार्थको कारण धर्म परिवर्तन नै जातीय विभेदको अन्त्य भन्नुहुन्छ। यो भने कदपि सत्य हैन।

यदि साच्चिकै हाम्रो समाजमा भएको विभेदलाई हटाउने हो भने सत्य कुरालाई बोल्ने साहस राख्न सक्नुपर्छ । प्रत्येक व्यक्तिले आफ्नो भूल , कुल र मूल सुधार्नु आवश्यक छ । आफ्नो स्वार्थ अनुसार भ्रम छर्नेलाई कडा कारबाहीको दायरामा ल्याउनु पर्छ। विभेदित र विभेद गर्ने दुवैजना एक ठाउँमा ल्याउनु पर्छ, त्यसको लागि मुख्य भूमिका भनेको राज्यको नै रहन्छ ।

तर जातीय विभेद हटाउन ल्याइएका अन्य विकल्पहरु भनेका सबै व्यक्ति व्यवस्थापनका आधारहरू मात्र बनेको छन् । जातीय विभेद अन्त्यका लागि उठेका सबै समयको आवाज हरुले मुद्दालाई कागजी सम्बोधन गरेका छन् भने व्यक्ति व्यवस्थापन लाई प्रमुख बनाएका छन्।

जब सम्म राज्य सत्तामा तिनै पुराना चेतना भएका मानिसहरू रहन्छन् विभेदित र विभेद गर्ने दुवै पक्षलाई कदापि समानताको एक चौतारीमा बस्न दिने देखिदैन्। यसको प्रमाण के हो भने वि. सं. २०२० पछाडिको प्राय सबै संविधान तथा मुलुकी ऐन हरुमा जातीय विभेदको अन्त्य लेखियो तर व्यवहारमा लागू हुन सकेन । किनकि कार्यान्वयन गर्ने तालुकवाला संगठनमा पीडितको प्रतिनिधित्व रहेन। प्रत्येक पटक आउने राज्यको दस्तावेजले जातीय छुवाछुत र विभेदलाई आंशिक रुपमा संबोधन गरिएको देखिन्छ तर कार्यान्वयन पक्ष झन् न्यून भेटिन्छ। यसो हेर्दा आज पनि हाम्रो राज्य हुकुमी शासनमा चलेको छ भन्दा अत्युक्ति हुँदैन।

राज्यले वा देशकै कानुनले दलित वर्ग भित्र पर्ने समग्र समुदायलाई मान्यता दिएको छ। के यो विभेदकारी मान्यता हो ? राज्यले सबै नागरिकलाई समान बनाउने उद्देश्य सहित यो व्यवस्था गरेको छ या फेरि अर्को विभेद जन्माउन यो को अर्थ हो दलन गरिएको| अर्थात ती मानिसहरू जो आर्थिक अनि सामाजिक रूपले पछाडिएका र जसको आर्थिक, सामाजिक, राजनीतिक र धार्मिक रूपले प्राचीन कालदेखि उच्च वर्गहरू (बाहुन तथा छेत्री आदि हिन्दु जातिहरू)द्वारा शोषण र उत्‍पीडन गर्नको निम्ति समाजमा जातीय बर्ग विभाजन गरिएको थियो| र आज पनि छ । हुन् त नेपालमा भेदभाव अनि छुवाछुत गर्ने हरुलाई कडा कार्यबाही गर्ने कानुन पनि सरकारले नबनाएको होइन तर त्यो कागजमा मात्र सिमित छ| गाउँ समाजको हरेक कुनामा आज पनि यो भेदभाव कायम नै छ ।