कोरोनाले दिएको चुनौती र अवसरको सम्भावना

कोरोना महामारी विदेश स्थित नेपालीहरु र सरकारको उदासीनता विस्वब्यापी रूपमा देखिएको कोरोना भाइरसको प्रकोपका कारण सबैभन्दा बढी मारमा परेको बर्ग भनेको मजदुर बर्ग हो । कोरोना महामारी पछि संसार भरिका उधोग ,धन्दा लगभग बन्द अवस्थामा नै छन । होटेल रेस्टुरेन्ट पनि बन्द नै छन।

यसरी त्यस स्थानमा कार्य गर्ने मजदुरहरु बेरोजगार बनेकाछन, बेरोजगार बन्ने सुचिमा नेपाली मजदुरहरु पनि छन दैनिक १५०० देखी २००० युवाहरु बिदेश जानेगरेको तथ्यांकहरु आउनेगरेको थियो । बिदेश स्थित युबाहरुकै कारणले हाम्रो देशको अर्थतन्त्र रेमिटान्स भरमा नै चल्ने गर्थ्याे । कोरोना महामारीका कारण नेपालमा रेमिटान्स भित्रिन छोडे पछि नेपालको अर्थतन्त्र टाटा पल्टिने अवस्थामा पुगेको छ ।

हिजो मात्रै अर्थमन्त्री ज्युले राष्ट्र बैंककको ढुकुटिमा नगद नभएको जानकारी गराउनु भएको थियो । रेमिटान्स भित्रन छोडेपछि नेपालको अर्थतन्त्रमा परेको अभावको प्रतक्ष उदाहरण हो। बिदेशमा नेपाली युबाहरुलाइ सस्तो श्रम बेच्न बाध्य पार्ने नेपाली सासकहरु नै हुन,कथित म्यानपावर मार्फत युवाहरुलाइ बिदेशमा मानव तस्कर रुपमा पठाइन्छ । बिदेश गएपछि अनेक दुःख कस्ट नेपाली युवाहरुले सहनुपर्छ । म्यानपावरले यहाँबाट एउटा काम भनेर पठाउछ तर उहाँ जांदा काम अरुनै हुन्छ । जेनतेन काम गरेपनि भनेजती पैसा पाइदैन ,तातो घाममा जटिल काम गर्दा कयौं युबाहरुको ज्यान समेत जाने गरेको छ।

दैनिक तीन देखि पांच वटा लास त्रिभुवन विमान स्थलमा आउने गरेका उदाहरण हामी सवैको सामु छ। नेपाली मजदुरहरु बिदेशमा अत्यन्तै असुरक्षित हुने गर्छन । विशेष गरेर मलेसियामा अत्यन्तै ज्यान माला कसरी जोगाउने भन्ने चिन्ता हुन्छ। तर त्यहाँस्थित राजदुतावास हरुको नेपाली कामदारहरुको सुरक्षामा कुनै कदम उठाएको देखिदैन । सरकारले आफ्ना देशका नागरिक कस्तो अवस्थामा छ्न् भनेर बुझ्न त खोज्दैन हामी अलपत्र परेयौं उद्दार गर्नुपर्यो भनेर आफ्ना नागरिकले गुहार माग्दा समेत सरकार सुन्दैन ।

बिदेशमा विभिन्न संघ संस्थाहरु जस्तै अन्तर्राष्ट्रिय नेपाली एकाता समाज आदिले केही संगठित अलपत्र युवाहरुको उद्दार गर्ने गरेतापनी असंगठित तथा सप्पर्क भन्दा बाहिर रहेका धेरैको उद्दार हुन सकेको छैन । अहिलेको महामारीको समयमा त झन बिदेश स्थित नेपाली कामदारहरुले अत्यन्तै दुःख पाएका छन ।

कयौं साथीहरूको फोन आउनेगरेको छ, हामी यसरी यहाँ अलपत्र परेयौ उद्वार गर्नु पर्यो भन्ने । कतिपय खाना न पाएर मरेका समाचारहरु आइरहेकाछन भने कतिपयले पीडा सहन नसकेर आत्महत्या समेत गर्ने गरेकाछन्। नेपाली कामदारहरुको यस्तो भयावह अवस्था बिदेशमा कोरोना महामारीमा मात्र न भएर सामन्य अवस्थामा समेत दुःख पाउनेगरेका छन।

अहिलेको महामारीमा बिदेश विशेष गरेर भारत साउदी,कतार,मलेसिया ,वहराइन,ओमन,कुवेत दुबैबाट काम गर्न जानुभएको दाजुभाइ तथा दिदिबहिनी हरु स्वदेशमा फर्किरहनुभएको छ । कोरोनापछी अहिले दुस्ख पाएर फर्किएका दाजुभाइहरुलाइ नेपाल सरकारले नेपालमै रोजगारको ब्यबस्थापन गरे त्यो नेपालकोलागी अवसर सावित हुनेछ । नेपालको संबिधानमा समाजवाद उन्मुख भनेर लेखेता पनि अहिलेसम्म सरकारले त्यस्तो कुनै कार्यक्रम ल्याउन सकेको छैन। त्यो केबल शब्दमा मात्र सिमित छ।

कृषि क्षेत्रमा नेपाल आत्मनिर्भरताको कुरा सरकारले गरिरहेको छ। तर गाउँ गाउमा खेतीयोग्य जमिन खेतबारी बांझै पल्टिएकाछन , बिदेस बाट स्वदेश फर्किएका युवा जनशक्तिलाई सरकारले कृषि क्षेत्रमा रोजगारि सृजना गर्नुपर्छ तबमात्रै देश कृषि क्षेत्रमा आत्मनिर्भर उन्मुख हुनेछ। भने अर्को तर्फ हाम्रो युवा जनहक्तीहरुलाई नेपालमै रोजगारिको सृजना हुनेछ ।

त्यसको लागि सरकारले क्रान्तिकारी भुमिसुधार लागू गर्नुपर्ने आवश्यक छ। भुमिहिन किसानहरुलाई , हदबन्दी भन्दा बढी जमिन हुनेहरुको जमिनमा हतबन्धी लगाएर सरकारले नै जमिन नहुनेहरुलाइ दिनुपर्छ। भुमी बैंकको अबधारणा सरकारले ल्याएको छ । किसानहरुलाई त्यस कार्यक्रमको जानकारी छैन । त्यसलाइ सरकारले क्लियर पार्नु पर्दछ।

आधुनिक कृषि उत्पादन प्रणालीमा जोड दिएर किसानहरूले उत्पादन गरेका सवै किसिमका खाध्य तथा तरकारी जन्य बस्तुको उचित मुल्य बजारमा बिक्रिबितरण गर्ने ग्यारेन्टी सरकारले गर्नु पर्छ । भारतबाट आउने तरकारी फलफुलका साधनलाई सरकारले निरुत्सान र स्वदेशमै उत्पादन भएका तरकारी फलफुफ लाई बढवा दिदै कृषक पेशामा लागेका युवाहरुलाई राज्यले आर्थिक नैतिक भौतिक रुपले सहयोग गर्नु पर्दछ। त्यसो गर्दा मात्रै अर्थतन्त्रलाई टेवा पुग्ने छ। 

युवा कृषक उद्धमीहरुलाई राज्यले अनुदानका आर्थिक प्याकेजहरु ल्याएर कृषि पेशामा लाग्न प्रोत्साहित गरेको खण्डमा मात्रै गरिव किसान सुखी किसान हुन सक्छ र देशले काचुलि फेर्न सक्छ । त्यसैले आज कोरोनाले पिडामात्रै दिएको छैन् , पीडा भित्र देश बनाउने सभम्भावना पनि उपहार स्वरुप दिएको छ,  भन्ने कुरा शासकहरुले बुझ्न जरुरी छ ।

झिम्रुक १ प्युठान